काठमाडौं, १३ कार्तिक- वैदेशिक रोजगारका लागी कामदार पठाउने म्यानपावर कम्पनीले कामदारको बार्षिक विवरण वैदेशिक रोजगार विभागलाई बुझाउने गरेका छैनन् । रोजगार ऐन अनुसार आर्थिक बर्षान्तपछिको एक महिनाभित्र आफुले पठाएका हरेक कामदारको कम्तीमा १० प्रकारका जानकारी सहित विभागलाई प्रतिवेदन बुझाउनुपर्छ । अहिले म्यानपावर कम्पनीको संख्या ७ सय ५१ छ । म्यानपावर कम्पनीले बुझाउनु पर्ने विवरणमा कामदारको नाम, स्थायी ठेगाना, विदेशको ठेगाना, नेपालबाट उडेको र विदेश पुगेको मिति, रोजगारदाता कम्पनीको नाम, कामको प्रकृतिम मासिक तलब र अन्य सुविधा, करार अवधि पुरा हुने मिति र नेपालमा सम्पर्क व्यक्तिको नाम, ठेगाना, सम्पर्क नम्बर लगायत छ । विभागका महानिर्देशक विश्वनाथ ढकालले विवरण नबुझाउने म्यानपावरलाई कारबाहि गर्ने बताएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1