सामाजिक सुरक्षा विधेयक यही अधिवेशनमा

काठमाडौं, १३ कार्तिक- श्रम तथा रोजगार मन्त्रालयले वृद्धदेखि श्रमिकसम्मलाई समेटिएको एकीकृत सामाजिक सुरक्षा विधेयकसम्बन्धि प्रस्ताव यही संसद् अधिवेशन भित्र पठाउने तयारी गरेको छ । श्रम राज्यमन्त्रि टेकबहादुर गुरुङले यो अधिवेशनभित्र सामाजिक सुरक्षा विधेयक ल्याउने संकल्प प्रस्ताव दर्ता गरिसकेका छन् ।

‘एक व्यक्ति एक मात्र सामाजिक सुरक्षा’, श्रमिकलाई बेरोजगार भत्ता र विभिन्न बीमाको व्यबस्थासहितको सामाजिक सुरक्षा ऐनको मस्यौदा तयार गरेको मन्त्रालयले जनाएको छ । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा, वृद्ध तथा अपांग भत्ता, विद्यार्थीलाई छात्रवृत्ति र कृषकलाई कृषिमा अनुदान लगायत विभिन्न १३ मन्त्रालयबाट वितरण गर्दै आएको १९ सामाजिक सुरक्षा एकै ठाउँबाट दिने मस्यौदामा उल्लेख छ ।

यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: