वैदेशिक रोजगारी जाने सबैभन्दा धेरै महिला सिन्धुपाल्चोकबाट

काठमाडौं, १३ कार्तिक-  वैदेशिक रोजगारीमा सबैभन्दा धेरै महिला कामदार जाने जिल्लामा सिन्धुपाल्चोक पहिलो नम्बरमा परेको छ। देशका पचहत्तरै जिल्लाबाट कामको खोजीमा बिदेसिने महिलाको तथ्यांक संकलन गर्दा सिन्धुपाल्चोक सबैभन्दा अगाडि आएको छ। कुल बिदेसिएका महिलामध्ये यो जिल्लाको हिस्सा ८‍.८६ प्रतिशत छ। वैदेशिक रोजगार विभागका अनुसार पछिल्ला वर्षहरूमा यो जिल्लाबाट काम गर्न बिदेसिने महिलाको संख्या क्रमशस् बढ्दो छ। तर, पुरु ष कामदार धेरै जाने जिल्लामा भने सिन्धुपाल्चोक अगाडि छैन। महिला कामदार बढी बिदेसिनेमा सिन्धुपाल्चोकपछि दोस्रो स्थानमा झापा छ। कुल बिदेसिएका महिलाको संख्यालाई प्रतिशतमा हिसाब गर्दा झापाबाट मात्रै ८.५७ प्रतिशत महिला काम गर्न विदेश गएका छन्। देशका ७५ जिल्लाबाट महिला कामदार बिदेसिने प्रवृत्ति हेर्दा जम्मा १० वटा जिल्लाबाट मात्रै ५०.२८ प्रतिशत गएको देखिन्छ। बाँकी ६५ जिल्लाबाट ४९.७२ प्रतिशत महिला कामको खोजीमा विदेशी भूमि गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार धेरै महिला कामदार जाने सूचीको तेस्रो नम्बरमा मोरङ रहेको छ। यो जिल्लाबाट ५.८७ प्रतिशत महिला काम गर्न बाहिरिएका छन्। राजधानी काठमाडौंबाट पनि महिला काम गर्न बिदेसिने प्रवृत्ति बढेको छ। विगत पाँच/छ वर्षयता राजधानीबाट खाडी मुलुक र मलेसियातर्फ रोजगारीको खोजीमा जाने महिला बढ्दो क्रममा छन्। सरकारले तयार पारेको तथ्यांकमा कुल बिदेसिने महिलामध्ये काठमाडौंको हिस्सा ४.१७ प्रतिशत छ। विभागले जिल्लागत आधारमा बिदेसिने महिलाको संख्या भने तयार पारेको छैन। हाल सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३५ लाख पुगिसकेको छ। चालू आर्थिक वर्षको तीन महिनामा मात्रै एक लाख २९ हजार चार सय १० जना काम गर्न विदेश गइसकेका छन्। दैनिक सरदरमा १५ सय जना युवा बिदेसिने गरेका छन्।

यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय