नेपालको जीतमा मन गद्गद् छ, छाति गर्वले फूलेको छः मलेसियामा कार्यरत नेपाली

अर्जुन काफ्ले, मलेसिया – नेपालले मलेसियालाई हराउँदै डिभिजन २ को यात्रा पक्का गरेको छ । आज भएको पानीले अवरुद्ध गरेको खेलमा डक वर्थ लुईस पद्धती अनुसार नेपालले मलेसियालाई ३६ रनले पराजीत गर्दै अगाडीको यात्रा तय गरेको हो ।

यो विजयले नेपालमा रहेका खेलप्रेमीलाई मात्र होइन मलेसियामा रहेका नेपालीलाई अति हर्षित तुल्याएको छ ।

मलेसियामा रहेका नेपालीले खेलपछि व्यक्त गरेका प्रतिकृया :

खेल हेर्न नपाए नि कम खुशी लागेको छैन । मलायुको अगाडि नेपाली क्रिकेटको बयान गर्न पाउदा ज्यादै गौरवान्वित महसुस भैरहेको छ।

सन्तोष मावुहाङ्ग तेह्थुम हाल जोहर वारु  

8यो आजको क्रिकेट खेलमा जित्नु भनेको हामी सवै नेपालीले जितेको दिन हो । त्यसैले आज हामी नेपालीको छाति गर्वले ढक्क फूलेको छ । हामी अत्यन्त खुसी छौं । घरेलु टिमलाइ विश्वमा बिरलै हुने, बिपक्षी सबैलाइ क्याच आउट गरि शानदार तरिकाले जितेको छ । हुन त मलेशियालार्इ हराउनु नेपालको लागि कुनै ठूलो कुरा थिएन ।

यो भन्दा अगाडि पनि नेपाल सामु मलेशिया निरीह बन्दै आइरहेको थियो । तर यो पटक कथंकदाचित नेपाल मलेशियासंग ठूलो अन्तरले हारेको भए नेपाल डिभिजन २ मा नजान सक्थ्यो । अब डिभिजन २ मा जाने पक्का भयो । अब फाइनल पनि जितेको हेर्न म आतुर छु । सबै खेलाडीलाई म तन मनले सहयोग र शुभकामना दिन चाहन्छु ।

इन्द्र जिजिविस हाल जोहोर

1खुसी लागिरहेछ नेपाली खेलाडीले विश्व माझ नेपाललाई चिनाउने काम गरेका छन् । सलाम नेपाली खेलाडीहरुलाई अझ उत्तरोत्तर प्रगतिको शुभकामना । नेपाल सरकारले खेलकुद क्षेत्रलाई पनि राज्यको अभिन्न अंग ठानोस् युवराज वस्नेत सोलुखुम्वु हाल निलाई

7सर्वप्रथम त मलेसियामा आएर खेल प्रदर्शन गर्नु हुने सम्पुर्ण खेलाडी मित्रहरुलाई हर्दिक बधाई भन्न चाहन्छु। यो खबर सुन्न पाउँदा गर्वले छाती फुलेको छ । आज मलेसियालाई पराजय गराएर नेपालले आफ्नो देश र नेपालीहरुको पहिचान दिलाएको छ। र यस खुसीको खबरले हामी मलेसियामा रहेको श्रमिकहरु पनि गौरवान्वित छौँ । काम गरेर थाकेको शरिरमा कता कता नंया उर्जा र जोसिलोपन आएको छ ।

आगामी दिनमा यसैगरि देशको पहिचान दिन सफल होउन्। क्रिकेटमा मात्र नभएर हरेक क्षेत्रमा नेपाल अघि बढ्न सफल होस । विश्व सामु सानो देश नेपाले आफ्नो छुट्टै पहिचान दिन सफल होउन्। हामी श्रमिकहरुको तर्फबाट सधैं सुभकामना छ।

जोन राई भोजपुर हाल क्वालालम्पुर

2 यो जीतले मलेशियामा बस्ने नेपालीलाई मात्र नभएर बिश्वको हरेक कुनामा बस्ने नेपाललाई खुसि बनाएको छ ।  केहि खेलमा वर्षा बाधक बने पनि नेपालले समग्रमा राम्रो क्रिकेट खेलेको छ ।

 नेपाली ब्याटिंग लाइन भन्दा बलिंग लाइन बढी मजबुत रहेको कुरा यो पालिको डिभिजन ३ ले पनि प्रस्ट पारेको छ ।  डिभिजन २ को प्रवेशसंगै नेपाली क्रिकेटमा अझ बढी चुनौती थपिएको छ ।

 आदर्श सुशील चितवन हाल शाहलम

5म एकदम खुशी छु । आगामी दिनमा नेपाल अगाडी बढ्दै जाओस् सफलताको कामना पनि गर्दछु । वास्तम्मा हाम्रो सरकारको ध्यान यो क्षेत्र तर्फ गयो भने नेपालले अझ धेरै प्रगति गर्नेछ ।

भौतिक पूर्वाधार र सहयोगको अभावका बीच पनि हाम्रो देशले ठूलो प्रगति गरिरहेको छ । म अझै सफलताको शुभकामना दिन चाहान्छु ।

तारा प्रकाश वम क्वालालम्पुर

3   हामी नेपाली मलेशियामा हेपिएर बस्न परेको अवस्थामा यो जीतले हामीलाई केही राहत पुर्याएको छ । उसकै  ठाउँमा आएर उसैलार्इ हराउनु भनेको राम्रो कुरा हो । तर हिजो अनि आजको खेल त्यति संतोषजनक भएन ।

 एकपटक फेरि नेपालले हामी कमजोर छैनौ भन्ने उदाहरण दिएको छ । आगामी दिनहरुमा पनि एस्तै प्रगती  होस नेपाली टोलीलाई शुभकामना

 दिनेश कँडेल हेटौडा हाल क्वालालम्पुर

6मलेसियामै मलेसियालाई हरायो भन्ने कुरा महत्वपूर्ण होइन । महत्वपूर्ण त नेपाल फेरि एकपटक डिभिजन २ मा पुगेको छ त्यो हो । र त्यो भन्दा पनि अब डिभिजन २ मा कस्तो भूमिका खेल्न सक्ला भन्ने कुरा महत्वपूर्ण हो।

अवगत नै छ मलेसियाबाटै च्याम्पियन बन्दै यो भन्दा अगाडी पनि नेपाल डिभिजन २ मा पुगेको थियो र डिभिजन २ मा धाराबाहिक हार ब्यवहोरेको थियो। त्यसैले अव डिभिजन २ बाट अगाडी बढ्ने योजना बनाउनु पर्छ ।

आशा छ हामी अझै धेरै अगाडी पुग्नेछौं ।

सिर्जन श्री

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय