कतारका सरकारी अधिकारीद्धारा नेपालीको प्रशंसा

काठमाडौं, कात्तिक १२- कतारले नेपाली श्रमिक क्षमतावान, लगनशिल र परिश्रमि भएको भन्दै उनीहरुको प्रशंसा गरेको छ । कतारको भ्रमणमा गएको नेपाली एक प्रतिनिधिमण्डलसँगको कुराकानीका क्रममा कतारका महान्यायाधिवक्ता डा. अलि–बिन–फातिस–अल–मरीले यस्तो बताउनुभएको हो ।  नेपालबाट महान्यायाधिवक्ता बाबुराम कुँवरको नेतृत्वमा गएको टोलीसँग कुराकानी गर्दै अल–मरीले नेपाल र कतारबीच विशेष सम्वन्ध रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । अल मरीले यस्ता भ्रमणले दुवै देशले एकअर्काका बारेमा धेरैकुरा जान्ने मौका पाउने र यसले दुईपक्षिय सम्वन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे । यसैबीच कतारले नेपाली प्रतिनिधिमण्डललाई कतारको कानूनका बारेमा प्रशिक्षित गर्दैछ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा कतारका महान्याधिवक्ताले सो जानकारी दिएका हुन् । अल मरीले तालिमले नेपालीलाई कतारको कानून र त्यसको अभ्यासका बारेमा बुझ्ने मौका मिल्ने बताए । उनले निकट भविष्यमा आफू नेपालको भ्रमण गर्न इच्छुक रहेको भन्दै पोखरा जाने बताए । सोही क्रममा नेपालको कानूनका बारेमा धेरै कुरा जान्न आफू ईच्छुक रहेको उनले बताए । नेपालका महान्यायाधिवक्ता कुँवरले नेपाली प्रतिनिधिमण्डलाई निम्त्याएकोमा धन्यवाद दिएका थिए । उनले कतारले दिने तालिम नेपालका लागि अपराध अनुसन्धानमा भविष्यमा सहयोगि हुने धारणा राखे । कुँवरले आफूहरु कतारको कानूनका बारेमा जान्न आफू उत्सुक रहेको भन्दै कतारमा भ्रष्टाचार नियन्त्रणका लागि अपनाइएको कानूनी उपायका बारेमा पनि आफ्नो टोली जान्न ईच्छुक रहेको बताए । पाँच दिने भ्रमणका क्रममा महान्यायाधिवक्ता कुँवरको नेतृत्वमा गएको नेपाली टोलीमा राजेन्द्र सुवेदी, बद्रीप्रसाद रिजाल, दानेश्वर पौडेल, कुलप्रािद पाण्डे, गंगाप्रसाद पौडेल, सुरेन्द्रप्रसाद श्रेष्ठ तथा सरिता रायमाझी सहभागि छन् । पत्रकार सम्मेलनमा कतारका लागि कार्यवाहक नेपाली राजदुत गणेशप्रसाद ढकाल समेत उपस्थीत रहेको गल्फ टाइम्सले समाचार लेखेको छ ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय