रवि रोषी, कतार -नेपाली राष्ट्रिय टीमका खेलाडी कतार आइपुगेका छन् । प्रशिक्षक ज्याक स्टेफोनोस्कीको नेतृत्वमा आएको ३४ सदस्यीय टोलीलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले दोहा विमानस्थलमा स्वागत गरे । आउँदो अक्टुबर ३१ तारिखमा हुने मैत्रिपूर्ण खेलमा नेपाली टोलीले फिलिपिन्सको राष्ट्रिय टीमसँग प्रतिस्पर्धा गर्नेछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1