यूएईमा एक नेपाली युवतीको दुर्घटनामा ज्यान गयो

काठमाडौं कात्तिक ११ – यु.ए.ईको फुजेरामा दुर्घटनामा परी एकजना नेपाली युवतीको निधन भएको छ । सेक्यूरिटी गार्डका रुपमा कार्यरत काठमाडौंकी किशा लामाको निधन भएको हो ।

काठमाडौँ बौद्धमा घर भइ बिगत ५ महिना देखि फुजेराको प्रोफेसनल सेकुरिटी सिस्टम कम्पनीमा कार्यरत लामा कोठाबाट काम गर्ने स्थल तर्फ जाँदै गर्दा सडक पार गर्ने क्रममा दुर्घटनामा परेकी हुन् । उनलाई कारले ठक्कर दिएको थियो ।

२२ बर्षिया लामाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । लामाको शवलाई फुजेराकै एक अस्पतालमा राखिएको छ ।

यो खवर रेडियो नमस्ते नेपालबाट लिइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: