विदेशको सीपले नेपालमा व्यबस्थापक

दाङ, १२ कार्तिक– १२ बर्षअघि साउदी अरब पुग्दा मानबहादुर दर्लामीले पहिलोपटक ठुलो जनावर जस्तो अचम्मको चरा देखे । त्यहाँ रहँदा त्यही चराको हेरचाह गर्नुपर्ने कुरा बुझेपछि उनी निकै डराए । पछि थाहा भयो त्यो त बहुउपयोगी र निकै महँगो चरा अष्ट्रिच रहेछ । १२ बर्ष अष्ट्रिच व्यबसायमा काम गरेपछि उनी त्यसको विज्ञनैं भए ।

त्यसपछि उनलाई अष्ट्रिच विज्ञका रुपमा नेपाल बोलाईयो । भैरहवामा सुरु भएको अष्ट्रिच पालनमा उनी पाँच बर्ष अघि बिशेषज्ञका रुपमा काम गर्न आए । अहिले उनले भैरहवामा र दाङमा रहेका अष्ट्रिचहरुको सम्पुर्ण रेखदेख गर्छन् । मदनपोखरा ७ सराई पाल्पाका दर्लामी आजभोली दाङको बेलझुण्डीमा बढी समय दिईरहेका छन् । भैरहवाबाट ६ सय ५० वटा अष्ट्रिच ल्याएर उनले बेलझुण्डीमा पालन सुरु गरेका हुन् ।

अष्ट्रिच निकै महँगो पंक्षीमा पर्छ । यसको मासु प्रतिकिलो २ हजार रुपैंया, छाला २ सय डलर स्क्वायर फिट र प्वाँख २८ हजार रुपैंया प्रतिकिलो विक्रि हुनेगरेको छ । एक अष्ट्रिचको मुल्य ६ लाख रुपैंया पर्छ । महँगो भएपनि मासु बजारमा माग भएअनुसार आपुर्ती गर्न नसकिएको व्यबस्थापक दर्लामीले बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय