एउटा राँगोको मूल्य ११ करोड !

काठमाडौं – भारत चंडीगढका एक किसानले पालेको राँगोको मूल्य भारु सात करोड( नेरु ११ करोड २० लाख) भएको सुन्दा तपाई पत्याउनु हुन्छ ? तर युवराज नाम राखिएको सो राँगोलाई सात करोड तिर्न अर्का किसान राजी हुँदा पनि त्यसका मालिक बेच्न तयार भएनन् ।

मूर्रा जातको सो राँगोले बर्षेनी भारु ५० लाख आम्दानी दिने गरेको दैनिक जागरणको अनलाइन संस्करणले जनाएको छ । सो राँगोको विर्यको माग भारतका पञ्जाव, हरियाणा, यूपी, उत्तराखण्ड लगायत कयौं राज्यमा धेरै रहेको छ । सो राँगोबाट जन्मिएका भैसीले दिनमा २५ लिटर दुध दिने भएकाले पनि सो राँगोको विर्यको माग धेरै भएको जनाइएको छ ।

मेरठमा आयोजना गरिएको ‘अल इण्डिया क्याटल सो’ मा पनि सवैभन्दा उच्च नस्लको राँगोको उपाधि सोहि राँगोले जितेको छ । विक्कि डोनरको नामले समेत चिनिएको सो राँगो चण्डिगढका किसान करनवीर सिंहको हो । चण्डिगढकै एक अर्का किसान सो राँगोका लागि भारु ७ करोड तिर्न तयार भएपनि करनवीर बेच्न तयार भएनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: