नेपालीबाट सिक्दै विदेशी

काठमाडौं – क्रिकेट खेलको उद्गमस्थल हो इङ्ल्याण्ड । त्यहि देशका लािग अहिले दृष्टिविहीन महिला क्रिकेट खेलको उद्गमस्थल बनेको छ नेपाल । विश्व क्रिकेटमा दवदवा जमाउँदै आएको इङ्ल्याण्ड अहिले पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा नेपाली टोलीसँग बेष्ट अफ थ्री दृष्टिविहिन अन्तराष्टिय महिला क्रिकेट खेलिरहेको छ । यो विश्वकै पहिलो दृष्टिविहीन अन्तराष्ट्रिय महिला क्रिकेट हो ।

नेपाल र इङ्ल्याण्डबीच दृष्टिविहीन अन्तराष्टिय महिलाले क्रिकेट आयोजना पछाडीको कथा भनें छुट्टै छ । सन् २००९ मा इङ्ल्याण्डको क्रिकेटप्रेमी वेथ इभान्स नेपाल घुम्न आएकी रहिछन् । त्यसबेला नेपाली दृष्टिविहीन महिला क्रिकेटरको खेल देखेर उनी निक्कै प्रभावित भइछन् । त्यसपछि उनी इङ्ल्याण्डमा पनि दृष्टिविहीन महिला क्रिकेट टोली बनाउने अठोट बोकेर स्वदेश फर्किइन् । चार बर्षअघि इङ्ल्याण्डमा दृष्टिविहीन महिला टोली बनाएकी इभान्स अहिले आफैं टोलीको प्रशिक्षक बनेर नेपाल आएकी छन् ।

“मेरो सपना चार बर्षमा पूरा भएको छ । नेपाली खेलाडीको प्रदर्शन निक्कै राम्रो छ । नेपाल ड्रिम टिम हो । विश्वमै नेपाल पछि दोश्रो दृष्टिविहीन महिला क्रिकेट टोली बनाउन पाएकोमा हामी खुसी छौं” इभान्सले भनिन् । अपांगता भएका व्यक्ति समाजका उदाहरणीय बन्न सक्छन् भन्ने कुरालाई विश्वले मनन् गर्न आवश्यक रहेको उनले बताइन् ।

नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेका अनुसार नेपाल र इङ्ल्याण्ड पछि अहिले पाकिस्तानले पनि महिला क्रिकेट टोली तयार पारिरहेको छ । सन् २०१५ मा पाकिस्तानसँग नेपाली दृष्टिविहीन महिला टोलीले प्रतिस्पर्धा गर्ने घिमिरेले बताए । नेपालमा विसं २०६३ सालमा दृष्टिविहीन महिला क्रिकेट टोली तयार पारिएको खवर अन्नपूर्र्ण पोष्टले छापेको छ ।

तस्वीरः cricket.yahoo.com बाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय