प्रेमिकालाई बचाउन खोज्दा प्रेमि मारिए

काठमाडौं, कात्तिक १०- दक्षिण अफ्रिकाको राष्ट्रिय फुटवल टोलीका कप्तान सेंजो मेयिवालाई अज्ञात अपराधिले गोली हानेर हत्या गरेका छन् । स्थानीय समय अनुसार आइतवार राती ८ बजेतिर ति हतियारधारी अपराधि सेंजोकी प्रेमिकाको घरमा पसेका थिए ।

उनीहरुले सेंजोलाई गोली हानी भागेका थिए । घाइते भएका सेंजोलाई तत्काल अस्पताल लगिएपनि उनको बाटोमा नै निधन भएको थियो ।

प्रहरीले सेंजो आफ्नी प्रेमिका केली कुमालोले बचाउने क्रममा मारिएको बताएको छ । कुमालो गायिका र अभिनेत्री हुन् । कुमालोको घरमा पसेका अपराधिले बन्दुक देखाएर मोवाइल, पैसा र अरु रकम मागेका थिए ।

धम्क्याउन एकजना बन्दुकधारीले कुमालोको टाउकोमा बन्दुक तेस्र्याएका थिए । सोही क्रममा सेंजोले आफ्नी प्रेमिकालाई बचाउने प्रयास गर्दा उनको हत्या भएको थियो ।

हत्या गरिएका सेंजोले एकदिन अघि मात्रै आफ्नो टीमका तर्फबाट खेलेका थिए जसमा उनको क्लवले खेल जितेको थियो ।

राष्ट्रिय फुटवल टिमका कप्तानको हत्या पछि दक्षिण अफ्रिकाका राष्टिपति ज्याकोव जुमाले देशले केवल एक कप्तान मात्र नभइ राष्टिय नायक गुमाएको बताएका छन् ।

यसैबीच प्रहरीले सेंजोका हत्याराको सुचना दिनेलाई १४ हजार डलर पुरस्कार दिने घोषणा गरेको छ ।

(एजेन्सीको सहयोगमा)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: