काठमाडौं, कात्तिक १० -शाहरुख खान, दीपिका पादुकोण समेत कयौं स्टार कलाकारद्धारा अभिनित फराह खानको चलचित्र ह्याप्पी न्यू इयरले तीन दिनमै भारु १ सय करोड भन्दा धेरै कमाएको छ । योसँगै भारतमा फिल्म सुरु भएको एक हप्ता भित्रै अहिलेसम्मकै सवैभन्दा धेरै कमाउने चलचित्रमा ह्याप्पी न्यू इयर परेको छ । भारतको फिल्म व्यापारको विश्लेषण गर्ने तरण आदर्शका अनुसार यस चलचित्रले तीन दिनमै भारु १ सय ८ दशमलव ८६ करोड कमाएको छ । यसअघि आमिर खानको चलचित्र धूम ३ ले तीन दिनमा १ सय ७ करोड कमाएको थियो । हालसम्म भारतमा तीन दिनभित्रै सय करोड क्लवमा पुग्ने चलचित्र धूम ३ र ह्याप्पी न्यू इयर नै हुन् । विश्लेषकहरुले अव ह्याप्पी न्यू इयरका लागि धूम ३, किक, कृष ३ को कमाई भन्दा धेरै कमाएर देखाउन बाँकी रहेको बताएका छन् । शाहरुख खानका चारवटा चलचित्रले यसअघि नै एक सय करोड भन्दा धेरै कमाईसकेका छन् । उनी अभिनित चेन्नई एक्सप्रेस, राँ वन। ज्व तक है जान तथा डन २ ले भारु एक सय करोड भन्दा धेरै कमाइ सकेका छन् । दैनिक जागरणबाट
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1