कतारमा अर्घाखाँचीबाँसीहरुको देउसी

कतार, कात्तिक ९- कतारमा रहेका अर्घाखाँचीबाँसीहरुले भव्यरुपमा देउसी भैलो खेलेर तिहार मनाएका छन् । कतारमा रहेको अर्घाखाँचीको बाँगी गाविसबाँसीहरुले २००७ सालमा स्थापना गरेको गाविस स्तरिय सामाजिक संस्था बाँगी सेवा समाज अर्घाखाँची, कतार तथा अर्घाखाँची सेवा समाज, कतारको संयुक्त सहकार्यमा भव्य देउसी भैली कार्यक्रमको आयोजना गरि गत बर्ष जस्तै यस वर्षको तिहारमा अर्घाखाँचीबासीहरुले पनि भव्यरुपमा देउसी भैलो खेलेर तिहार मनाएका हुन् ।

कतारको औधोगिक नगरी सनैयाको एक कम्पनी परिसरमा आयोजित औपचारिक पहिलो देउसी भैलो कार्यक्रमलाई सो कार्यक्रमका अध्यक्ष रेमबहादुर बस्नेतले दिप प्रज्वलन गरेर उदघाटन गर्नुभएको थियो । दशै तिहार जस्ता चाडपर्व नेपालीका सम्पत्ति भएकाले यसको जगेर्ना गर्नु सवैको कर्तव्य भएकोमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डेले कतारमा जिल्लाबाँसीहरु एकै ठाँउमा यसरी भेला भएर चाडवाड मनाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । आउँदा दिनमा पनि यसरी नै एकजुट भएर अघि बढ्न उहाँले आग्रह समेत गर्नुभयो ।Qatar Deusi 1

बाँगी सेवा समाजका पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बोमबहादुर बस्नेत सहित देवराज थापा, समाजकै राजेन्द्र भुषाल विष्णु प्रसाद भुषाल, अर्जुन केसी, मनीराम बस्नेत, विष्णु खड्का, तिलक भुषालले देउसी भैलोमा विषेश भूमिका निभाउनुभएको थियो ।

विषेश अतिथिको रुपमा असेसका प्रथम उपाध्यक्ष भुवन केसीले अर्घाखाँचीबाँसीहरुले कतारमा तथा जिल्लामा गरेका र गर्न सकिने सामाजिक योगदानहरु र कलासंस्कृतिको संरक्षण र निरन्तरताको बारेमा बोल्नुभएको थियो । सो अवशरमा असेसका महासचिव केदारनाथ भुषाल, सचिव केशव भुषाल, आमन्त्रित अतिथि श्रीमती मिरा भुषाल, जर्नादन न्यौपाने, विष्णु कुँवर, सचिवालय सदस्य घनश्याम पाण्डे लगायतको उपस्थिति थियो ।

मादल, मजुरा, बाँसुरी लगायतका बाद्यबादन र आकर्षन नेपाली पोशाक सहितको नृत्यले नेपालकै झल्को दिएको सहभागिहरुले अनुभव गरेका थिए । सो समुहले कतारका केहि ठाँउमा आफनो नाच प्रस्तुत गरेपछि एनआरएनए कतारले नेपाली दुतावासमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा पनि अर्घाखाँची सेवा समाज, कतारको तर्फबाट भव्य देउसी भैलो प्रस्तुत गरेका थिए ।

भुवन केसीबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय