
मलेसिया, कात्तिक १०- मलेसियाको पेनाङ्गमा रहेर साहित्य क्षेत्रमा क्रियाशिल जितमान राई ‘सविन’को एकल गजल तथा कविता वाचन आइतवार मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासंघ मलेसिया र अनाममण्डली मलेसियाको संयुक्त आयोजना र साप्ताहिक साहित्य सण्डेको आयोजनामा भएको सो एकल गजल तथा कविता वाचन कार्यक्रममा राईले २ दर्जन आफ्ना सिर्जना वाचन गरेका थिए । उनलाई मलेसियामा रहेर नेपाली साहित्य को क्षेत्रमा महत्वपूर्ण भूमिका निभाएको भन्दै आयोजक संस्थाले सम्मान समेत गरेका थिए ।
सो अवशरमा विभिन्न सजैकले उनलाई शुभकामना समेत दिएका थिए । श्रीजन श्री, रमेश तुफान, जीवन देवान गाउँले, दिलदुःखी जन्तरे, इन्द्र नारथुङ्गे, मौलश्री लिम्वू, आदर्श सुशील, थलिन्द्र भुजेल लगायतका श्रष्टाले राईले मलेसियामा नेपाली साहित्य र पत्रकारीतामा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
इलाम जितपुरका स्थाइ वासिन्दा रहेका जितमान राई सविन मलेसियाका विभिन्न साहित्यीक संस्थामा आवद्ध छन । उनी नेपाल पुष्ठभूमी साप्ताहिकका नियमित स्तभकार समेत हुन् ।
विभिन्न विधाका संग्रह प्रकाशित गरिसकेका उनी एकल गजल तथा कविता वाचनका लागि पेनाङ्गबाट करिव ५ सय किलोमिटरको यात्रा पछि क्वालालम्पुर आएका हुन् ।
सोहि कार्यक्रममा मलेसियाको रोजगारी सकेर नेपाल फर्किन लागेका आदर्श सुशीललाई विदाइ समेत गरियो ।
अर्जुन काफ्ले, मलेसिया