
मलेसिया, कात्तिक १०- मलेसियामा रहेका दलितहरु संगठित हुँदै गएका छन् । मलेसियाको सेलेङ्गर राज्यमा रहेको वान्तिङ्ग पेरावोट क्षेत्रका नेपाली दलितहरु दलित एकता सञ्जालमा संगठित भएका हुन । उनीहरुले जनक मोहरा नेपालीको अध्यक्षतामा २१ सदस्य रहेको क्षेत्रीय कमिटी गठन गरेका हुन् । आइतवार एक भेला गरी उनीहरु संगठित भएका हुन् ।
कमिटीको उपाध्यक्षद्धयमा टेकबहादुर बिक र धनबहादुर बिक रहेका छन् । सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश रेशम नेपाली, रुमबहादुर रोका, हरि बिक रहेका छन् । सदस्यहरुमा भुपेन्द्र कोइराला परियार, अर्जुन नेपाली, रामबहादुर नेपाली, राजु अछामी, रमेश सुनार, प्रेम बिक, जयबहादुर महरा, बिर्खेबहादुर कामि, मान बहादुर सुनार, जीवलाल बिक, जीतबहादुर बिक, उदयराज सुनार, सन्तु नेपाली, कृष्ण बग्दाश, बीरबहादुर बिश्वकर्मा रहेका छन् ।
सो क्षेत्रीय कमिटी गठन कार्यक्रम सञ्जाल मलेसियाकी अध्यक्ष सरु सुनारको प्रमुख आथित्यमा भएको थियो । संगठित हुनुपर्ने कारण र त्यसबाट हुने फाइदाका बारेमा सञ्जालका मलेसिया सचिव राजेन्द्र बिक सहित राभाङ बातान काली, क्षेत्रीय कमिटीका अध्यक्ष मोहन गदाल, प्रेम रसाइली, लक्षुमन बोहोरा लगायतले प्रष्ट पारेका थिए ।
अर्जुन काफ्ले, मलेसिया