जीप दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं, कात्तिक ९- ओखलढुंगाको निशंखेबाट सदरमुकामतर्फ गइरहेको जीप कच्ची बाटोको भिरबाट दुईसय मिटर तल खस्दा नौजनाको मृत्यु भएको छ। उनीहरु मध्ये आठ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ओखलढुङ्गा ठुलाछापका ४५ वर्षीय तेजबहादुर बस्नेत, उनकी श्रीमती ४० बर्षीया रामप्यारी बस्नेत, ४५ वर्षीय बेदे सार्की, मणिराम भट्टराई, सरीता खड्का, चोलेन्द्र खत्री, तुहीनी भट्टराई, २६ वर्षीया अप्सरा दाहाल र तलुवाका टिका बस्नेत रहेका छन् ।

दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र अप्सरा दाहालको उपचारको क्रममा मिसन अस्पताल ओखलढुङ्गामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ स्थित बरबोटे भन्ने ठाउँको भीरबाट जीप दुईसय मिटर तल झरेको छ । बा. ५ च ५८७५ नम्बरको बलेरो जीपमा २२ जना भन्दा बढी यात्रु सवार थिए।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार जीपमा सवार अरु ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको ओखलढँुगा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये चारजनाको अवस्था गम्भीर छ ।

बिरामी बोकेर आएको जीपले बाटोभरिका यात्रु बटुल्दै आएको थियो । उनका अनुसार घटनास्थलबाट घाइतेलाई उद्दार गरी उपचारका लागि अस्पताल पुर्र्याइएको छ।

(तस्वीर नागरिकन्यूजबाट लिइएको हो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: