सिंगापुरमाथि नेपालको शानदार जीत

  नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत सिंगापुरलाई  १ सय ९० रनले पराजीत गरेको छ । मलेसियाको केलाङस्थित वायुवास खेल मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले २ सय ६३ रन बनाएको थियो । जवाफी व्याटिंग गरेको सिंगापुर केवल ७३ रनमा अलआउट भयो । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामी र बसन्त रेग्मीले समान ४ ४ विकेट लिए । यसैगरी अमृत भट्टराईले दुई विकेट लिए । यसअघि पहिले व्याटिंग गरेको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय १४ रन बनाए । यसैगरी नरेश बुढाएरले २९ रनको योगदान गरे । शरद भेस्वाकरले २५ तथा बसन्त रेग्मीले २१ रनको योगदान गरे । पुछारमा खेल्न आएका सागर पुनले पनि आक्रामक रुपमा २१ सन बनाए । उनले १३ बल खेल्दै २१ रन बटुलेका हुन् । अमृत भट्टराईले अन्तिम बलमा छक्का प्रहार गर्दै ईनिंग अन्त्य गरे । सिंगापुरका लागि मो. अमजदले ४ विकेट लिए । (तस्वीर अनलाइन खवरबाट लिइएको हो ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: