कतारमा खेलियो देउसी

कतार । गुल्मी सेवा समाज कतारले नेपाली संस्कार र संस्कृतिको जगर्नाका निम्ति नेपालीको दोस्रो ठूलो पर्व शुभ दिपावलीको अवसरमा शुभकामना तथा द्यौसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष टिबी कार्कीले फजुल खर्चलाई रोकेरै एउटै उद्देश्य र एउटै लक्ष्य बोकेका कार्यक्रम गर्न आग्रह गरे ।

कार्कीले  कला संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमहरुलाई एकै थलोबाट सामूहिक रुपमा आयोजना गर्न सकियो भने कार्यक्रममा हुने फजुल खर्चलाई रोक्न सकिने र त्यो फजुल हुने खर्च अन्य मानवीय सहयोगमा लगाउन सकिने भएकोले यस्ता कार्यक्रमहरु एकै ठाउँमा उभिएर आयोजना गर्न आग्रह गरे ।

Qatar programसो कार्यक्रममा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्का महासचिव विनोद भट्टराई, प्रवासी नेपाली मञ्च कतारका उपाध्यक्ष चानक पोखरेल, मोरङ सुनसरी सेवा समाजका अध्यक्ष लोकबहादुर तामाङ, खस क्षेत्री सेवा समाजका अध्यक्ष हंशराज ढकाललगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष शिव खड्काको अध्यक्षतामा आयोजित सो कार्यक्रमलाई संस्थाका सचिव कुमार अविरलले सञ्चालन गरेका थिए । ठूलोमा मात्रामा गुल्मेलीहरुको जमघट भएको सो कार्यक्रम शुभकामना सँगै द्यौसी र भैलोका सांगीतिक माहौलले भरिभराउ मनोरञ्जन दिँदै भव्य रुपमा सम्पन्न भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: