बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, करिव ५५ जना घाइते

काठमाडौं ।  काठमाडौंबाट रसुवाको धुन्चे तर्फ जाँदै गरेको बा २ ख २२६६ नम्बरको  यात्रुबाहक बस  नुवाकोटको बेलकोट ती गाउँस्थित अर्कोटे भीरमा सडकबाट १   सय ५० मिटर तल खस्दा कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै करिब ५५ जना घाइते भएका छन् । ५२ जना घाइतेको उद्धार गरी काठमाडौं र विदुरस्थित जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् ।  ९ जनाको घटनास्थलमा, १ जनाको त्रिशुली अस्पताल र २ जनाको उपचारका लागि काठमाडौं लैजादै गर्दा मृत्यु भएको पासाङ् ल्हामु यातायात सेवा समितिका महासचिव एवम् उद्धार समितिका संयोजक रवि रिमालले जानकारी दिएका छन् । सडकबाट निकै तल भीरमा खसेको बस नराम्रोसँग कुच्चिएकोले बसभित्रै थिचिएर मृत्यु हुनेको संख्या धेरै हुनसक्ने उनले बताए । मृत्यु हुनेमा २ जना इजरायली नागरिकसहित अन्य एक विदेशी समेत छन् । रिमालका अनुसार बसमा यात्रा गर्नेमध्येमा ट्रेकिङ्का लागि जाँदै गरेका करिब ९ जना विदेशी समेत थिए । बसमा गाडिधनी कविन्द्रलाल श्रेष्ठ परिवारसहित यात्रा गरिरहेका थिए । श्रेष्ठ घाइते छन् भने उनकी छोरीको मृत्यु भएको भन्ने खबर आफूले भर्खरै पाएको अस्पतालमा रहेका रिमालले बताए । घाइतेहरुको जिल्ला अस्पताल त्रिशुली, मेघा अस्पताल, जनमैत्री अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौं ल्याइएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानीय बासिन्दाद्वारा उद्धार कार्य भइरहेको छ । पासाङल्हामु राजमार्गको भिरबाट करिब १ सय ५० मिटर तल बस खसेको हो । साँघुरो र बिग्रेको सडकमा ‘ओभरलोडेड’ बस दुर्घटना भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । उनले घाइतेहरुको उद्धारका लागि हेलिकोप्टरसमेत परिचालन गरिएकोे जानकारी दिए । himalkhabar.com बाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: