कतारमा नेपाली कामदार अलपत्र

खगेन्द्र कार्की, कतार । कतारमा अलपत्र परेका २६ जना मध्ये १७ जना नेपाली दुई महिना वितिसक्दा समेत उहि हालतमा रहेका छन् ।

पासपोर्टमा कुनै वर्षको भिसा र आइडिकार्ड समेत नदेखेका उनीहरुले आफूहरु त्रासपूर्वक कतारमा बसिरहेको बताएका छन् । आफुसँग बसेका दुई साथीलाई घरकै बाहिरबाट सुरक्षाकर्मीले आईडी नभएको निहुँमा पक्राउ गरेपछि अझ त्रसित बनाएको मोरङ, हरैंचाका नविन भट्टराई बताउँछन् ।

यसरी गैरकानूनी रुपमा बसिरहँदा कतार सरकारलाई बुझाउनु पर्ने जरिवाना बढ्दै जानुले पनि उनीहरुलाई अप्ठ्यारो परेको छ । 

यसरी अलपत्र रुपमा बसिरहेका मध्ये ७ जनालाई भनें प्रतिव्यक्ति २५ सय कतारी रियाल र टिकट उपलब्ध गराएर कम्पनीले नै घर पठाइसकेको छ । बाँकी भनें आफुहरुले पाउन बाँकी रहेको रकम सहित नेपाल फर्किने अडानमा रहेका कारण उनीहरुलाई कम्पनीले बेवास्ता गरिरहेको छ ।

दिनहुँ त्रासमा बस्नु परेका कारण अहिले बाँकी १७ जना पनि कतार सरकारलाई बुझाउनु पर्ने जरिवाना रकम र फिर्ति टिकट पाए नेपाल फर्किन तयार रहेको धनकुटा डाँडाबजारका प्रेम लिम्बु बताउँछन् ।

अव्यवस्थित भिल्लामा बस्दै आएका ति कामदारहरुको लागि भान्सा घर भए पनि खाद्यान्नको अभाव छ । इम्पल्स, द गार्डेन, एक्सेन्टल र बाज कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत ति नेपालीलाई विगत ६ महिनादेखि कम्पनीले वेवास्ता गर्दै आएको खवर सार्वजनिक भएपछि नेपाली समुदायले उनीहरुलाई सहयोग गर्न थालेको छ ।

यहि क्रममा उनीहरुलाई धनकुटा सेवा समाजले खाद्यान्न सहयोग गरेको छ । समाजका अध्यक्ष दुर्गा तामाङ सहितका पदाधिकारी तथा कतारमा बसेर पत्रकारिता गरिरहेकाहरुले उनीहरुलाई भेटेर उनीहरुका समस्याका बारेमा बुझ्ने काम गरेका छन् ।

मदिना खलिफास्थित एक अव्यवस्थित र जिर्ण अवस्थामा रहेको भिल्लामा बसिरहेका उनीहरुले कम्पनीका मुदिर भारतको केरलाका सफर नियासलाई जति अनुनय गरेपनि आफुहरुलाई फर्काउन कुनै पहल नभएको भन्दै स्वदेश फिर्तिका लागि वातावरण बनाइदिन अपिल गरेका छन् ।

Qatar problem

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: