कतारमा लक्ष्मी जयन्ती मनाईंदै

भानु सुनुवार, दोहा । नेपाली श्रमिक डायास्पोरा कतारमा १०५ औं लक्ष्मी जयन्ती समारोह–२०७१ लाई भव्यताका साथ सफल पार्न कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

मदन पुरस्कार बिजेता आख्यानकार तथा कवि राजन मुकारुङको स–शुल्क एकल रचना वाचन कार्यक्रमको प्रमुख आर्कषण रहेको छ । आगामी ३१ अक्टोवर २०१४ शुत्रवारका दिन कतारको ग्राण्ड कतार प्यालेस होटलमा आयोजना गरिन लागेको कार्यक्रमको अन्तिम तयारी पूरा भएको कार्यक्रम संयोजक रेगिस्तानी कवि तिर्थ संगम राईले जानकारी दिनु भयो ।

कार्यक्रम नेपाली श्रमिक डायास्पोरामा स्थापित साहित्यिक संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, सन्ध्या ग्रुप अलखोर (मुग्लानी सौगात त्रैमासिक) र नवोदित वाचनालय कतारको संयुक्त आयोजना रहेको छ ।

कतारमा आयोजित विभिन्न साहित्यिक समारोहका अवशरमा नेपालबाट प्रतिष्ठित श्रष्टालाई आमन्त्रण गरेर कार्यक्रम गरिंदै आएको छ । यसअघि डा. घनश्याम परीश्रमी, साहित्यकार खगेन्द्र संग्रौला, कवि श्रवण मुकारुङ, डा. अभि सुवेदी, डा. गोविन्दराज भट्टराई, साहित्यकार सरुभक्त र कवि विमल निभाको आतिथ्यमा कार्यक्रमहरु भइसकेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय