राष्टिय फुटवल टोली र चर्चित गायक गायिका कतार आउँदै

रवि रोषी कात्तिक ५, दोहा । कतारको अल अहली स्पोर्ट्स क्लवको निमन्त्रणामा विमल घर्ती मगर सहितको नेपाली फुटवल टोली कतार आउन लागेको छ । सो अवशरमा नेपाली राष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीले फिलिपिन्सको राष्ट्रिय टिमसंग प्रतिस्पर्धा गर्नेछ ।

अक्टोबर ३१ तारिखमा हुने सो खेलमा नेपाली दर्शकको मनोरञ्जनका लागि नेपालबाट आधुनिक, पप तथा गजल गायक प्रमोद खरेल र पप तथा आधुनिक गायिका आस्था राउत आउने भएका छन् । 

चितवन युवा समूह दोहा कतारको समन्वयकारी भूमिकामा हुन गएको सो खेलमा गायक प्रमोद खरेल तथा गायिका आस्था राउतले नयाँ पुराना गरी विभिन्न मनोरञ्जनात्मक गीतहरु प्रस्तुत गर्ने भएका छन् ।

म बिना कसैकसैलाई मुश्किल छ पोखरमा जस्तो बहुचर्चित गीत लगायत समाएर तिमीले, छुट्टिएर तिमीसंग, फुल जस्तै जुन, आफ्नो भनुँ कसलाई यहाँ, याद गर्न पनि कोहि न कोहि चाहिदो रहेछ, हाम्रो मिठो सम्बन्धमा जस्ता सयौं गीतमा आवाज दिईसकेका प्रमोद खरेलको व्यंग्य क्यारिकेचर सहितको जोडदार प्रस्तुती पनि रहनेछ ।

त्यस्तै गरी चौबन्दीमा पटुकी बाँध्याछैन भन्दैमा जस्तो बहुचर्चित गीत गाएर नेपाली गायन क्षेत्रमा स्थापित भएकी आस्था राउतको खै त मलाई झम्के बुलाकी, नाच ठूली नाच, तीन मोहोरको धागो, सालको पात जस्ता लोकप्रिय गीत गाउने भएकी छिन् ।

अल अरबी क्लवको स्टेडियममा हुन लागेको सो खेलमा नेपाली दर्शकहरुको लागि क्लवको तर्फबाट निःशुल्क यातायात तथा निःशुल्क प्रवेशको पनि व्यवस्था गरिएको चितवन युवा समूहका तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्दै आएका खेल संयोजक रामहरि गैरेले बताएका छन् ।

दिनको २।४५ बजे प्रवेश समय तोकेको सो कार्यक्रम ३ बजेबाट सुरु हुने कुरा अल अहली स्पोर्ट्स क्लवका व्यवस्थापक नासिरले बताए । नेपाली फुटबल खेल विकास र नेपाली लोकप्रिय कलाकारहरुको निःशुल्क प्रदर्शनको लागि अल अहली स्पोर्ट्स क्लव कतारले कतारवासी नेपालीलाई ठूलो अवसर दिएको बताए । टाढाबाट आउने दर्शकका लागि यातायातको समेत व्यवस्था गरिएको समन्वयकारी संस्था चितवन युवा समूहका खेल संयोजक रामहरि गैरेले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय