“वैदेशिक रोजगारीले नेपाली समाजमा समस्या थप्दै”

त्रिलोचन कोइराला, युएई,  बैदेशिक रोजगारीले नेपाली समाजमा परिवर्तनका लागि चुनौती थपेको नेपाल पत्रकार महासंघ युएई शाखाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा वक्ताहरुले बताएका छन ।

शाखाको चौथो अधिवेशनका क्रममा आयोजित “बैदेशिक रोजगारप्रतिको आकर्षण र यसले नेपाली समाजमा पारेको असर” विषयमा गरिएको अन्तर्क्रियाका वक्ताहरुले बैदेशिक रोजगारीले नेपाली समाजमा बाध्यतात्मक आकर्षण बढाएर नेपाली युवालाई पलायन गरेको बताए ।

वैदेशिक रोजगार बाध्यात्मक परिस्थिति बनेर अहिले वैदेशिक रोजगारले भड्किलो, खर्चालु र महत्वकाँक्षी जीवनशैली अपनाउने वातावरण बढाएको सहभागिको धारणा थियो ।

सरकारी निकायले पनि यसका बारेमा उतिधेरै चासो नदिएको र बैदेशिक रोजगार नीति समेत यसप्रति संवेदनशिल नभएको भन्दै यसले कालान्तरमा अवशर भन्दा धेरै चुनौती थप्ने उनीहरुको भनाई छ ।

वक्ताहरुले पारिवारिक मायाका कारण विलासी सामानको प्रयोगलाई बढाएको र यसले नेपाली समाजमा भौतिक सामानको उपभोग बढाएको भन्दै त्यसको सदुपयोग भन्दा धेरै समस्या थपिंदै गएको उनीहरुको भनाई छ ।

कार्यक्रमका वक्ताहरुले बैदेशिक रोजगारीले परिवारमा श्रीमान र श्रीमतीबीचमा भावनात्मक सम्वन्ध भत्काउँदै गएको भन्दै समाजले पनि श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलालाई हेर्ने नजर नकारात्मक बन्दै गएको बताए ।

देश आर्थिक सङ्कटमा रहेकाले प्रत्यक्ष बैदेशिक रोजगारीले आर्थिकस्तर उकासेको देखिएको बताउदै बक्ताहरुले देखिएको जस्तो भए पनि यथार्थमा बैदेशिक रोजगारीको आम्दानी उत्पादनमूलक क्षेत्रमा लगानी नभएको तथा पारिवारिक आवश्कतामा धेरै लगानी भएकाले त्यसको प्रभाव आउँदा दिनमा नकरात्मक रुपमा पर्ने चिन्ता गरे । कार्यक्रममा यूएईका लागि नेपाली राजदुत धनञ्जय झा, नेपाल पत्रकार महासंघका केन्दी्रय अध्यक्ष डा महेन्द्र बिष्ठ, उपाध्यक्ष खिलबहादुर भण्डारी, गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक चन्द रोकहा लगाएत युएइका बिभिन्न सामाजिक तथा राजनीतिक संस्थाका प्रतिनिधिहरुले धारणा राखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: