दुबईमा प्रवासी नेपाली मंच यूएईले देउसीभैलो खेल्ने

उत्तम अधिकारी, (आबुधाबी) दुबई- सांस्कृतिक पहिचान र महत्व बोकेको पर्व तिहारको अवसरमा प्रवासी नेपाली मंच यूएईले दुबईमा देउसीभैलो खेल्ने भएको छ ।

मंचले यहि आउँदो शुक्रवार यूएईको दुबई, आबुधाबी र शारजाहमा सांस्कृतिक देउसीभैलो प्रस्तुत गर्न लागेको हो । संस्कृति जगेर्ना गर्दै एकता र भाईचाराको सन्देश प्रवाह गर्नका निमित्त मंचले देउसीभैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । खुशियालीको पर्वको रुपमा मनाइने दीपावलीको अवसरमा यूएईको नेपाली राजदूतावास, समाजसेवी, बुद्धिजीवी, नेपाली ब्यवशायी तथा मंचलाई माया गर्ने इच्छुक प्रवासी नेपालीहरुको निवासमै पुगेर देउसीभैलो खेल्ने तयारी गरिएको मंचका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गिरमान थापा मगरले बताएका छन् ।

नेपालीहरु विश्वका जुनसुकै कुनामा पुगेपनि आफ्नो संस्कृति, चाडपर्व र मुल्य मान्यतालाई भुल्न नसक्ने तथा आफ्नो संस्कृतिको जगेर्ना र रक्षाका लागि आफैं प्रयत्नशील हुनुपर्ने भएकाले कार्यक्रम आयोजना गरिएको मंचका अध्यक्ष प्रकाश कोइरालाले बताए । मंचले दशैं, तिहार, तीज, नयाँ बर्ष लगायतका पर्वहरुमा निरन्तर रुपमा बिभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । प्रचार बिभाग प्रमुख मनोज अर्यालले बताए अनुसार मंचका पदाधिकारी तथा सदस्य र सांस्कृतिक विभागका सदस्यहरु देउसीभैलो टोलीमा सहभागी हुने छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय