प्रवासीको सहयोगमा पदमार्ग निर्माण

पर्वत, कार्तिक ४ – रोजगारीका लागि प्रवासमा रहँदै आएका नेपालीहरुवाट उत्तरी पर्वतका विभिन्न गाविसलाई जोड्नेगरी पदमार्ग निर्माण भएको छ । छिमेकी जिल्ला म्याग्दी सदरमुकाम बेनी देखि उत्तरी पर्वतको माझफाँट गाविसको डिलफाँट पुग्ने गोरटो बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । विकास नेपाल एसोसिएशन अफ बेल्जीयमको ४५ लाख ७८ हजार आर्थिक सहयोगमा पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष राम बहादुर बिकले जानकारी दिएका छन् । उनका अनुसार, एक किलोमिटर तीन सय मिटर लामो उक्त पदमार्ग निर्माणमा गाविसले १ लाख ९० हजार, जिल्ला विकास समिति पर्वतले ५० हजार, स्थानीयबासीको जनश्रमदान र स्थानीयको चन्दा सहयोग गरी कुल ५७ लाख लगानीमा पदमार्ग निर्माणकार्य सम्पन्न भएको छ । म्याग्दीको ताकम घर भई हाल बेल्जियममा बस्दै आएका ज्ञानवहादुर विश्वकर्माको पहलमा २०६९ माघ महिनादेखि निर्माण सुरु भएको सो पदमार्ग अहिले सम्पन्न भएर सञ्चालनमा आईसकेको छ । कच्चि अवस्थामा रहेको उकालो साँघुरो गोरेटो बाटो हुँदै आवत जावतमा समस्या भईरहेको अबस्थामा रेलीङ र पक्कि सिढी सहितको पदमार्गले ठुलो सुविधा पुगेको स्थानीय लालबहादुर अधिकारीले जानकारी दिनुभएको छ । पदमार्गबाट पर्वतको माझफाँट, लेकफाँट, बाँसखर्क, म्याग्दीको राम्चे लगायत गाविसका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । पदमार्गको प्रभाबले ऐतिहाँसीक मल्लाजदरबार, शिवालय गुफा लगायत धार्मिक स्थल र सुन्तलागाउँ बाँसखर्कको पर्यटन प्रर्वद्धन हुने अपेक्षा गरीएको छ ।

यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: