३२ हजार कर्मचारी भ्रष्ट,२० हजार कुण्ठामा

काठमाडौं,कार्तिक ४ – सरकारी सेवामा कार्यरत ८० हजार कर्मचारीमध्ये ३२ हजार निजामती कर्मचारी निराश र कुण्ठामा बाँचिरहेका छन् । तल्लो तहका यस्ता अधिकांश कर्मचारी सोझा,इमान्दार र चाकडी गर्न नसक्ने स्वभावका छन् । नेपाल जिनमती कर्मचारी संगठनले प्रशासन विज्ञहरुको संलग्नतामा गरेको अध्ययनअनुसार ४० प्रतिशत कर्मचारी निराशा र कुण्ठा बोकेर काम गरिरहेका छन् । उनीहरु सरकारी जागिरलाई जिविकोपार्जनको भरपर्दो र सशक्त माध्यम ठान्दैनन् । कार्यालयमा भ्रष्ट सहकर्मीहरुको बोलबाला हुने र टाठाबाठाहरु बैकल्पिक व्यवसायमा पनि संलग्न रहेकाले उनीहरु निराश र कुण्ठित रहेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार ८ हजार ९१० प्रतिशत० कर्मचारी भ्रष्टाचारमा अत्याधिक लिप्त छन् । उनीहरुसित अकुत सम्पत्ति छ । र,विलासी जीवन बाँचिरहेका छन् । यस्ता कर्मचारीहरु सरुवा बढुवादेखि ठेक्कापट्टासम्ममा संलग्न हुने गर्छन् । त्यस्तै, १२ हजार ९१५ प्रतिशत० कर्मचारी प्रत्यक्ष वा परोक्ष रुपमा भ्रष्टाचारजन्य कार्यमा संलग्न छन् । यस्ता कर्मचारी पनि कामभन्दा चाकडी र चाप्लुसीमा बढी भर पर्ने गरेको अध्ययनको दाबी छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय