कोरियाले ८१ लाख वीमा रकम फिर्ता गर्ने

काठमाडौं, कार्तिक ३- दक्षिण कोरियाले बिमा रकम नलिई स्वदेश फर्केका नेपाली कामदारलाई करिब ८१ लाख रुपैयाँ भुक्तानी गर्ने तयारी गरेको छ । दक्षिण कोरियामा मानव संशाधन विकास (एचआरडी)ले अहिलेसम्म १ सय ६२ नेपाली कामदार बिमा रकम नलिई स्वदेश फिर्ता भएको जनाएको छ ।

ती कामदारलाई प्रमाणसहित ईपीएस कोरिया सेन्टरमा निवदेन दिन सूचना जारी गरिसकेको छ । प्रतिकामदारले कम्तीमा ५० हजार रुपैयाँ बिमाबापत रकम पाउनेछन् । यसबाट ८१ लाख रुपैयाँ हुन आउँछ । बिमा रकम नलिनेमा सन् २००९ देखि जुलाई २०१४ सम्म फर्केका नेपाली कामदार छन् ।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले १ सय ६२ नेपाली कामदारले बिमाबापत रकम नलिई फर्केको जानकारी आएको बताए । ‘ती कामदारलाई प्रमाणसहित निवदेन दिन आग्रह गरेका छौं,’  उनले भने, ‘कामदारले प्रमाणसहित बैंक खाता नम्बर दिए कोरियाले त्यही रकम जम्मा गर्नेछ ।’

विगतमा रकम नलिई कामदार फर्के सो आम्दानी बिमा कम्पनीको हुन्थ्यो । अहिले नियम परिवर्तन गरेर अनिवार्य कामदारलाई दिनुपर्ने व्यवस्था गरेको छ । ‘कामदारले नलिएको बिमा रकम कोरियामा एचआरडीको खातामा जम्मा भइसकेको छ,’  बाँस्तोलाले भने, ‘कामदारले उजुरी दिनेबित्तिकै पाइन्छ ।’

कामदारको पारिश्रमिकबाट कट्टा गरेर बिमा रकम भुक्तानी गर्ने भएकाले फिर्ता गर्न लागेको शाखाले जनाएको छ । दक्षिण कोरियामा ईपीएसमार्फत २५ हजार कामदार पुगिसकेका छन् ।

याे खबर अाजकाे काराेबार दैनिकमा छापिएकाे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय