दुई देशमा महिला श्रम सहचरी

काठमाडौं, कार्तिक २– सरकारले दुई देशमा महिला श्रम सहचरी नियुक्त गरेको छ । कुवेतको श्रम सहचरीमा गोमादेवी ढकाल र युएईमा हीरा यादव नियुक्त भएका हुन् । नवनियुक्त सहचरी ढकालले असोज २७ गतेदेखी कुवेतमा आफ्नो जिम्मेवारी सम्हालीसकेकी छन् ।

सरकारले वैदेशिक रोजगारीमा धेरै नेपाली भएका मुलुक कुवेत, कतार, साउदी अरब, मलेसिया लगायतका आठ वटा देशमा श्रम सहचरी पठाएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका महिलाको संस्था पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले हजारजना महिला कामदार भएको देशमा महिलानैं श्रम सहचरी हुनुपर्ने प्रावधान वैदेशिक रोजगार ऐनमा भएपनि यस अनुसार महिला श्रम सहचरी नियुक्त नगरेको बताईन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: