कतारमा नेपाली फुटबल टिमले जित्यो नगद राशि र ट्रफी

रवि रोषी, (दोहा) कतार- कतारमा नेपाली फुटबल टिमले पुनः नगद राशि एक हजार डलर सहित ट्रफी जित्न सफल भएको छ । कतारको अल अरबी स्पाेर्ट्स क्लवमा शुक्रवार सम्पन्न खेलमा कतारको ३ सिसी फुटबल टिमलाई १ को बिरुद्ध ३ गोलले पराजित गरी नगद राशि हात पार्न सफल भएको हो ।

खेलको सुरुवाती क्रममा नेपालले ३ सिसी बिरुद्ध १ गोल प्रहार गरी खाता खोल्न सफल भए पनि त्यसको लगत्तै ३ सिसी टिमले नेपालको बिरुद्ध १ गोल गरी आफ्नो पक्षलाई बराबरीमा पुर्‍याएकाे थियो । खेलको दोश्रो चरणमा नेपालले ३ सिसी बिरुद्ध लगालग २ गोल गरी आफुलाई विजयी बनाउन सफल भएको हो ।

कतारको सुप्रसिद्ध अल अहली क्लवको आयोजकत्वमा चितवन युवा समूहले समन्वयकारी भूमिका निर्वाह गरेको थियो । अल अहली क्लवका व्यवस्थापक नासरले नगद राशी सहित ट्रफी प्रदान गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: