शेखर चापागाईं, (दुबई) युएई – नेपाल पत्रकार महासंघ युएइको चौथो अधिबेशनले अर्जुन दाहाल लाइ पुन: अध्यक्षमा निर्बाचित गरेको छ। युएइको बरदुबईमा १७ अक्टोबर शुक्रबारका दिन आयोजित शाखाको चौथो अधिबेशनले दाहालको अध्यक्षतामा नया कार्य समितिको चयन गरेको हो।
जस अन्तर्गत उपाध्यक्ष्यमा त्रिलोचन कोइराला, सचिबमा लक्ष्मण खनाल, सहसचिबमा हरि नेपाली,कोषाध्यक्षमा मेघराज सापकोटा र सदस्यमा शेखर चापागाईं चयन भएका छन । त्यस्तै एकेन्द्र थापा र भूपराज बस्याल केन्द्रीय सदस्य र निमेष गिरि सल्लाहकारमा चयन भएका छन् ।