काठमाडौं, कार्तिक १– सरकारले महाराजगञ्जमा रहेको सुधा हेल्थकेयरलाई कारबाही गरेको छ । सुधा हेल्थकेयरलाई कामदारको स्वास्थ्य परिक्षण गर्न रोक्का गरिएको छ ।
मदन खनालले सञ्चालन गरेको सो संस्थाले मान्यताप्राप्त चिकित्सक नराखेको र एक्सरे मेसिन २ सय २५ स्क्वायरको हुनुपर्नेमा ८० स्क्वायरको मात्र भएकाले कारबाही गरिएको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिब तिर्थ केसीले सरकारी मापदण्ड अनुसार स्वास्थ्य संस्था सञ्चालन नगरिएकाले कारबाही गरिएको जानकारी दिए ।
उनले अनुगमनमा सामान्य त्रुटि देखिएका केहि स्वास्थ्य संस्थालाई सचेत गराईएको बताए । ‘सुधार हुन सक्ने स्वास्थ्य संस्थालाई एकपटकका लागी सुध्रिने मौका दिएका छौं ,‘उनले भने तर सुधा हेल्थकेयरमा गम्भिर गल्ती भेटिएकाले स्वास्थ्य परिक्षण अधिकार रोक्नुपरेको हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
तर, मलेसिया जाने नेपाली कामदारलाई नक्कली मेडिकल रिपोर्ट बनाएर बेचेको अभियोमा सुधा हेल्थकेयर मेडिकल छानबिनको दायरामा परेको थियो । सरकारले वास्तविक आरोप लुकाएर छानविनको सामान्य औपचारिकता मात्र पुरा गरेको छ । यसअघिको समाचार हेर्नुहोस् ।