सात लाखको रक्‍सी चोरी ! कसले पिउँछ यति धेरै ?

काठमाडौं, कार्तिक १– कूटनीतिक नियोग तथा सरकारी प्रयोजनका लागि भन्सार छूट (ड्युटी फ्री) मा आयात उच्चस्तरका महँगा मदिरा नेसनल ट्रेडिङ लिमिटेडका कर्मचारीले गायब पारेका छन्। ट्रेडिङको रामशाहपथस्थित ‘बन्डेड वेयर हाउस तथा ड्युटी फ्री पसल केन्द्र’ बाट यसपटक करिब सात लाख मूल्यबराबरको मदिरा चोरी भएको हो । ड्युटी फ्रीमा ल्याइने मदिरा राजधानीस्थित विदेशी कूटनीतिक नियोगले खरिद गर्दै आएका छन्। बन्डेड वेयर हाउसबाट महँगा रक्सी हराएको यो पहिलोपटक भने होइन। यसअघि पनि ट्रेडिङमा कार्यरत कर्मचारीको मिलोमतोमा २३ लाख रुपैयाँभन्दा बढीको मदिरा हिनाममिना भएको थियो। आन्तरिक छानबिनका क्रममा त्यतिबेला सात प्रकारका एक हजार ९० थान उच्चस्तरका रक्सी बन्डेड वेयर हाउसबाट गायब पारिएको तथ्य बाहिर आएको थियो। यसपटक पनि आन्तरिक छानबिनका क्रममा वेयर हाउसको गोदाम नम्बर १६, १७, ४४, ५३ र ५४ बाट भ्याटसहित ६ लाख ८८ हजार दुई सय २३ रुपैयाँबराबरको दुई सय ४५ बोतल उच्चस्तरको वाइन, ह्विस्की र बियर गायब भएको पाइएको हो। विभिन्न निकायका १४ जना रहेको टोलीले गत जेठ २५ मा वेयर हाउसमा छानबिन गरी भदौ ३१ गते बुझाएको प्रतिवेदनमा सुपरभाइजर दीपेन्द्र अधिकारीको जिम्मा रहेको गोदामबाट महँगा रक्सी हराएको उल्लेख छ। ट्रेडिङ स्रोतअनुसार अघिल्लोपटक मदिरा गायब भएको विषयमा छानबिन हुँदा दोषी देखिएका अधिकारीको जिम्मामा रहेको गोदामको लगत नबुझ्दै ट्रेडिङले ‘हानिनोक्सानी’ को अभियोगमा ०७१ जेठ ४ गते उनलाई सेवाबाट बर्खास्त गरेको थियो। ‘अधिकारीलाई सेवाबाट हटाएपछि गोदामको जिम्मा अन्यलाई दिन त्यहाँका सामान जाँच गर्दा सात लाख रुपैंया बराबरको रक्सि चोरिएको रहस्य खुलेको हो ।’ प्रतिवेदन अनुसार पाँच लाख ८ हजार पाँच सय ७२ रुपैंयाको वाइन, ९९ हजार ३ सय ७६ रुपैंयाको ह्विस्कि र एक हजार ९९ रुपैंयाको बियर चोरिएको छ । यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय