पीडित कामदारलाई आर्थिक सहायता दोब्बर

काठमाडौं, कार्तिक १– वैदेशिक रोजगारको क्रममा मृत्यु, अंगभंग र विरामी परेका कामदारलाई दिने आर्थिक सहायतालाई विहीवारको मन्त्री परिषद बैठकले दोब्बर गर्ने निर्णय गरेको छ । पीडित कामदार तथा परिवारलाई आर्थिक सहायता बैदेशिक रोजगार प्रवर्धन बोर्डले दिदै आएको छ । बोर्डले नै आर्थिक सहायता कम भएको भन्दै श्रम मन्त्रालय मार्फत दोब्बर गर्न प्रस्ताव गरेको थियो ।

मन्त्री परिषदले विदेशमा मृत्यु भएका कामदारका परिवारलाई ३ लाख, अंगभंग र असक्त कामदारलाई बढीमा ३ लाख, विरामी कामदारको औषधी उपचारलाई बढीमा एक लाख र कामदारका परिवारलाई गंभिर प्रकृति रोगको उपचार गर्न परेमा बढीमा ५० हजार दिने निर्णय गरेको हो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागु हुने छ ।

बैदेशिक रोजगारमा जाने कामदारलाई सरकारले करार अवधीको लागि कल्याण कोषमा एक हजार रुपैया बुझाउन अनिवार्य गरेको छ । बोर्डले कामदारबाट संकलित रकमको कोषबाट आर्थिक सहायता दिने हो । हालसम्म बोर्डले मृत्यु भएका कामदारको परिवारलाई डेड लाख, अंगभंग र असक्त कामदारलाई बढीमा डेड लाख, विरामी कामदारको औधषी उपचारको लागि बढीमा ५० हजार र गंभिर रोग लागेका परिवारका सदस्यको उपचारको लागि बढीमा २५ हजार रुपैया दिदै आएको थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय