
अर्जुन काफ्ले, मलेसिया, असोज ३१– मलेसियाको पेनाङ्गमा कार्यरत एक नेपालीलाई भ्रुण हत्या गरेको अभियोगमा मलेसियाको अदालतले १० वर्ष कैद सजाय तोकेको छ ।
जेल सजाय पाउनेमा ठेगाना नखुलेकि २४ वर्षिय निर्मला थापा रहेको आज मलेसियावाट प्रकाशित पत्रिकाले जनाएका छन् । पेनाङ्गको तामानसिकु स्थीत एक क्लीनकमा गर्भपतन गराएको प्रमाण सहित थापालाई ९ अक्टोवरमा पक्राउ गरेको थियो । यहाको अदालतले १३ अक्टोवरमा उनलाइ यस्तो सजाय सुनाएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
मलेसियन भाषामा लेखिएको सजाय पत्र थापाले नवुझेपछि उनलाइ नेपाली दोभाषे सहित १२ नोभेम्वर सम्ममा सजाय पुर्नविचारकालागी अदालतमा जान समय दिइएको छ । आरोपीत थापाले कस्को गर्भ हो भन्ने स्पष्ट खुलाएकी छैनन् । मलेसियाको कानुन अनुसार भु्रण हत्या वा भर्खर जन्मिएको वच्चाको हत्या गरेको प्रमाणीत भए १० वर्षे जेल सजाय व्योहर्नु पर्ने व्यावस्था रहेको छ ।