
काठमाडौं, असोज ३१– रोजगारीका लागि विदेश गएर मृत्यु हुने महिलामध्ये ३० प्रतिशतले आत्महत्या गर्ने गरेको देखिएको छ । वैदेशिक रोजगार विभागले गरेको ‘रोजगारीका लागि श्रम आप्रवासनको स्थिति प्रतिवेदन’मा पछिल्लो ६ आर्थिक वर्षमा ७९ महिलाको मृत्यु भएकोमा २६ जनाले आत्महत्या गरेको उल्लेख छ । विदेशमा मृत्यु हुने कुल संख्यामा भने महिला आत्महत्या १० प्रतिशत हुन्छ । अधिकांश नेपाली महिला विदेशी घरायसी कामका लागी जान्छन् । घरमालिकले घरको काम गर्ने महिलालाई न्युन पारिश्रमिक दिने, घरबाहिर निस्कन नदिनुका साथै कतिपय ठाउँमा सञ्चारसम्पर्क समेत गर्न दिंदैनन् । यस्तो अवस्थामा महिलाले तनावमा आई आत्महत्या गर्छन् । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।