
उत्तम अधिकारी, (आबुधाबी) युएई – सर्वदा वाङमय प्रतिष्ठान यूएईले एक कार्यक्रमका बीच नेपाली चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
आबुधाबिको नेपाली प्यालेस रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसाल, प्रवासी नेपाली मंच यूएईका महासचिव उत्तम अधिकारी, गायक प्रकाश पौडेल तथा अन्य संघसंस्थाका प्रतिनिधिले शुभकामना संदेश प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष दिपक खड्काको अध्यक्षता र महासचिव दीपराज नेयोंगहांगको संचालन रहेको कार्यक्रममा कविता वाचन पनि गरिएको थियो । केहि समय अघिसम्म यूएईमा तिब्र रुपमा साहित्यिक गतिबिधि संचालन गरेको प्रतिष्ठानको सकृयतामा कमि आएको भन्दै कार्यक्रममा सहभागी सबैले चिन्ता जाहेर गरेका थिए । जवाफमा महासचिव नेयोंगहांगले साहित्यिक अनुरागीहरुका लागि छिट्टै आकर्षक कार्यक्रम राखिने जानकारी गराए ।
२००८ मा यूएईमा साहित्यिक संस्थाको रुपमा स्थापित प्रतिष्ठानले हरेक बर्ष दशैं तिहारको बिचमा शुभकामना आदानप्रदान गर्दै आइरहेको छ ।