युएईमा सवारी दुर्घटनामा नेपालीको मृत्यु

नवराज बस्नेत, (अबुधाबी) युएई –  कार्यथलाे जाने क्रममा सवारी दुर्घटनामा नुवाकोटका मुरली खड्काको मृत्यु भएको छ | अन्दाजीद् ४० बर्षीय मृतक खड्का बिगत ६ बर्ष देखी अबुधाबी स्थित सीएनआईए कम्पनीमा कार्यरत थिए | बिहान ६ बजेबाट ग्यास र पेट्रोल उत्पादन खानीहरुमा चेकजाचको लागी उनि गाडीमा डिउटी खटिएका थिए | मृतक खड्का गाडीको अगाडी दाहिने पट्टि बसेका थिए भने अरबीले गाडी चलाएका थिए | मृतकका साथी लोकेन्द्र शाहीका अनुसार गाडी चालकको ढाड भाचिएको छ  | धेरै तिब्र गतिमा रहेको उक्त गाडीले अगाडी गुड्दै गरेको ट्रलीलाई उछिनेर जाने क्रममा नियन्त्रण गर्न नसक्दा बिपरित दिशा बाट आएको लहरीमा ठोक्किन पुगेको थियो | घटना स्थलमा नै खड्काको मृत्यु भएको थियो | घटना युएई समय अनुसार अाज बिहान बिहान ९ बजेर ४५ मिनेट जादा भएको थियो | नेपालमा मृतकको श्रीमती, दुई छोरी र एक छोरा छन् | अहिले मृतकको शबलाई युएई स्थित मदिना जाएद अस्पतालमा राखिएको छ | चाडै शब् नेपाल लैजाने प्रक्रिया अगाडी बढाउन सहयोग गर्ने तथा मृतकको परिवारले पाउने क्षतीपुर्तीमा सहजताका दिलाउने आश्वासन कम्पनी बाट पाएको उक्त कम्पनीमा कार्यरत नेपालीहरुका कमान्डर सचिन शाहीले  बताए | कम्पनीमा ८ सय नेपाली कार्यरत छन् |

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय