
काठमाडौ, असोज ३०– कृषि बिकास मन्त्रि हरिप्रसाद पराजुलीले विद्यमान निर्वाहमुखी खेती प्रणालीलाई व्यबसायीक प्रणालीमा रुपान्तरण गर्नुपर्ने बताएका छन् । उच्च पहाडी कृषि व्यबसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली)द्वारा आयोजित दुईदिने राष्ट्रिय पृष्ठपोषण गोष्ठिको उद्घाटन समारोहमा उनले व्याबसायीक प्रणालीबाट अघि बढ्न नसक्दा नेपालको कृषि क्षेत्रमा अपेक्षाकृत बिकास गर्न नसकेको बताए । विकट हिमाली क्षेत्रका जिल्लालाई लक्षित गरि सञ्चालन गरिएको हिमाली आयोजनाले उक्त क्षेत्रमा लक्षित वर्ग र समुदायको विकासमा महत्वपुर्ण सहयोग पुर्याउने बिश्वास उनले व्यक्त गरे । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।