व्यक्तिगत श्रम स्वीकृतिमा दलालको प्रभाव बढ्यो

काठमाडौं, असोज २९– वैदेशिक रोजगारमा व्यक्तिगत श्रमस्वीकृतिमा दलालको प्रभाव बढ्न थालेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको काठमाडौं शाखाले श्रम स्वीकृतिमा ढिलाई गरिदिंदा दलालको प्रभाव बढेको हो ।

संस्थागत श्रम स्वीकृतिमा गडबड भएकालाई पनि काठमाडौं शाखाले सेटिङ्ग मिलाएर श्रम स्वीकृति दिने गरेको विभाग स्रोतले जनायो । काठमाडौं शाखाका प्रमुख र शाखा अधिकृतलाई सेटिङ मिलाउने एजेन्टमा अजय यादव, प्रकाश रेग्मी र विष्णु राजवंशी भएको विभागमा चर्चा छ ।

विभागका प्रवक्ता बद्री कार्कीले भने एजेन्टमार्फत हुने काममा काठमाडौं शाखाले हस्तक्षेप गर्न नमिल्ने बताए । ‘एजेन्टले ल्याउँदा मात्र श्रास्वीकृति हुने र सीधै आउँदा झुलाउने भनाईमा सत्यता छैन,’ उनले भने, ‘पुनः दर्ताको भीड दशैंपछि केहि बढ्ने भएकाले यसलाई घटाखउन प्रक्रिया शुरु भैसकेको छ ।’

एकप्रकारको श्रम स्वीकृतिमा पनि विभागले दोहोरो चरित्र देखाउने गरेको व्यबसायीहरको गुनासो छ । बिशेषगरी प्लम्बर, मेकानिक्स र मेसिन अपरेटरजस्ता अर्धदक्ष कामदारको मागपत्रमा काठमाडौं शाखाले श्रम स्वीकृतिमा दोहोरो चरित्र देखाउने गर्छ । नेपाल वैदेशिक रोजगार व्यबसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङ्गले अन्तिम श्रम स्वीकृतिमा रकम चलखेल हुन नदिन श्रम स्वीकृतिको निश्चित मापदण्ड हुनुपर्ने बताए । उनले भने, ‘अनलाईन प्रणलीलाई बैज्ञानिक नबनायसम्म विभाग सुध्रिन सम्भव छैन ।’

यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: