वियाग कपमा झापा र बारा विजयी

रौतहट, असोज २८- रौतहटको चन्द्रपुरमा जारी बियाग कप यु १७ बालिका फुटवल प्रतियोगितामा मंगलवार झापा र बाराले जित हात पारेका छन् । भारी बर्षाका बीच बालिकाहरुले निक्कै प्रतिस्पर्धात्मक रुपमा खेलेका थिए । निरन्तरको बर्षाका कारण जलमग्न भएको मैदानमा पुरा समय बालिकाहरुले दर्शनिय खेले खेले ।

समूह सीको खेलमा झापाले कैलालीलाई हराउंदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । अघिल्लो खेलमा सर्लाहीसंग अंक बाँडेको झापा आजको जितपछि ४ अंकसहित समूह सीको शीर्ष स्थानमा छ । सर्लाहीको एक अंक छ ।

झापासंग हारेपछि कैलाली भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । समूह सीको अर्को खेलमा सर्लाहीले कैलालीलाई फराकिलो अन्तरमा पराजित गरेको खण्डमा झापा बाहिरिन सक्छ ।

झापाले मंगलवार कैलालीलाई हराउंदा उसकी स्टाइकर सम्झना लावतीले पेनाल्टीमा गोल गरेकी थिइन् । ४२ औं मिनेटमा कैलालीकी सुस्मिता दवाडीको ह्याण्ड भएपछि झापाले पेनाल्टीको अवशर पाएको थियो । त्यसअघि झापाकी मालिका मगरले पहिलो हाफको इन्जुरी समयमा गरेको सुन्दर प्रहार पोल नजिकबाट बाहिरिएको थियो ।

अन मार्क रहेकी मालिकाको वान टच सटले गोलको दिशा लिन सकेन । त्यस्तै, झापाकी स्टाइकर सम्झना लावतीले पहिलो हाफको ५ औं मिनेटमा गरेको पावरफुल सट बाहिरिंदा टोली चुकचुकाउनुपरेको थियो ।

IMG_1935अर्को खेलमा समूह डी अन्तर्गत बाराले नवलपरासीलाई २—१ ले हराएको छ । यो जितले सो समूहबाट सेमिफाइनल होड खुला भएको छ । बारा र काठमाडौंको तीन तीन अंक भएको छ । काठमाडौंले अघिल्लो खेलमा बारालाई हराएको थियो । नवलपरासीले समूहको अन्तिम खेलमा

काठमाडौंसंग खेल्न बांकी छ । भारी बर्षाका कारण जलमग्न मैदानमा बारा र नवलपरासीका बालिका खेलाडीले निक्कै मेहनतका साथ खेलेका थिए ।

पानीले बल अघि बढाउन निक्कै मुस्किल परिरहेपनि मैदानमा उनीहरुले ७० मिनेट डटेर खेले ।

बाराका लागि १४ औं मिनेटमा पवित्रा देवानले डिबक्सभित्र गन्जागोल विपक्षीको रक्षापंक्तिको फाइदा उठाएर सजिलै पहिलो बार च्यापेर गोल गरिन् ।

भारी बर्षा जारी रहेपनि खेलाडीले हार मानेनन् । त्यही क्रममा विपक्षी डिबक्स व्यस्त रहंदा परासीकी सरिता न्यौपानेले गोल गरेपछि खेल बराबरीमा पुग्यो । बाराका लागि ६८ औं मिनेट खुशी लिएर आयो । सुस्मिता थापा मगरले फ्रिकिकमा दर्शनीय गोल गरिन् ।

पानीको अहाल भन्दा केही ओभानो ठाउंमा उनले गरेको प्रहारले पोष्टको मध्यभागबाट गोलमा परिणत भयो र जित उसको पोल्टामा गयो ।

प्रतियोगितामा भोलि समूह ए को रौतहट र बाँके तथा समूह बीको मकवानपुर र कञ्चनपुरवीच प्रतिस्पर्धा हुनेछ । समूह ए बाट मोरंग बाहिरिसकेकाले सेमिफाइनलमा पुग्न रौतहट र बांके दुवैलाई जितको आवश्यकता छ । मकवानपुर र कञ्चनपुर रहेको समूहबाट ताप्लेजुंङ सेमिफाइनल पुगेकाले दुई टीमको खेल प्रतिष्ठाको बिषय मात्र हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय