श्रमस्वीकृति सिफारिस शुल्क बढ्यो

काठमाडौं, २८ असोज– नेपाल वैदेशिक रोजगार व्यबसायी संघले विदेश जाने कामदारको श्रमस्वीकृति सिफारिस गर्दा लिईने शुल्क वृद्धि गरेको छ । प्रत्येक ५ कामदारको श्रमस्वीकृति सिफारिसका लागि संघले १ हजार रुपैंया असुल्न थालेको छ । १० कामदारसम्मको सिफारिसमा २ हजार र १५ कामदारको सिफारिसमा ३ हजारका दरले रकम असुल्न थालेको व्यबसायीले बताएका छन् । विगतमा एउटा कम्पनीको श्रमस्वीकृति सिफारिस गर्न १ हजार रुपैंया मात्र लिईन्थ्यो ।

संघले एकातिर सदस्यको हिसाबले लेबी लिने अर्कोतर्फ चर्को सिफारिस शुल्क असुल्ने गर्दा दोहोरो मारमा परेको व्यबसायीको गुनासो छ । संघले मासीक लेबी शुल्क ६ सय रुपैंया लिने गर्छ । संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले श्रमस्वीकृतिको सिफारिस शुल्क ५ जनासम्म १ हजार र ९ जनासम्म २ हजारका दरले लिने गरेको बताए ।

यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय