ताप्लेजुङ सेमिफाइनलमा, मोरङ बाहिरियो

रौतहट, असोज २७ – ताप्लेजुङ रौतहटमा जारी वियाग यु १७ फुटवलको सेमिफाइनल प्रवेश गरेको दिन मोरङ समूह चरणबाटै बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा सोमवार कञ्चनपुरलाई २—१ ले हराउंदै लगातार दुई जितपछि ताप्लेजुङ ६ अंक जोड्दै समूह बीको विजेता भएर अन्तिम चारमा पुगेको हो । लिगकम नकआउटमा खेलाइएको प्रतियोगिताका चार टीमका शीर्ष टोली सेमिफाइनल पुग्ने प्रावधान छ ।

पहिलो खेलमा मकवानपुरलाई पराजित गरेको ताप्लेजुङका लागि सोमवार कञ्चनपुरविरुद्ध पनि अघिल्लो खेलमा जस्तै फरवार्ड लाइनमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले साथ दिएका थिए । ताप्लेजुङले पहिलो हाफमा छरितो पासमा खेल नियन्त्रणमा लिएपनि गोल भने गर्न सकेन ।

IMG_0352कञ्चनपुरले पनि मध्यपंक्ति र फरवार्डलाई वीच तालमेल मिलाउन भ्याएन । कोपिला थलाङले दोस्रो हाफको पांचौ मिनेटमा डिबक्सभित्र विपक्षी रंक्षापंक्ति असरल्ल भएको मौका उठाउंदै सजिलै गोल प्रहार गरेपछि ताप्लेजुङले अग्रता लिएको थियो । कोपिलाले पहिलो खेलमा मकवानपुरविरुद्ध ह्याटिक गरेकी थिइन् ।

अग्रता लिएपछि आक्रामक खेल खेलेको ताप्लेजुङका लागि बिमला शेर्पाले खेलको ६२ औं मिनेटमा साइडबाट आएको बललाई चिप गर्दै गोल गरेकी थिइन् । ताप्लेजुङका आजका दुवै गोलकर्ता ४—४ गोलसहित बढी गोल गर्नेको सूचिमा छन् ।

ताप्लेजुङ दुई शुन्यको अग्रतामा रहंदा कञ्चनपुरकी प्रियंका रानाले इनसाइड बक्सभित्रबाट पहिलो बार च्याप्दै सटिक प्रहारमा गोल गरेर खेलमा फर्काउने प्रयास गरेकी थिइन् । ताप्लेजुङको मजवुत रंक्षापंक्तिले कञ्चनपुुरका बालिकाहरुको प्रयासलाई विफल बनायो ।

IMG_0358यसअघि पहिलो हाफमा ताप्लेजुङकी बिमला शेर्पा र नम्रता मगरको गोल प्रयास असफल हुंदा अग्रता लिनबाट चुकेको थियो । ताप्लेजुङ प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो टीम भएको छ । मकवानपुर र कञ्चनपुरले अब अर्थहिन म्याच खेल्न बांकी छ ।

सोमवारको पहिलो खेल मोरङको पक्षमा रहेन । पहिलो हाफको अन्तिम १५ मिनेट विपक्षी डिबक्स व्यस्त राखेपनि फिनिसिङमा सहि निशाना लगाउन नसक्नु मोरङको दुर्भाग्य थियो । बाकेकी लक्ष्मी शर्माले गरेको भली गोललाइनबाट बचाउने मोरङकी उसु राईको प्रयास सफल हुन सकेन । लक्ष्मीको प्रहार रोक्दा उसु गोल पोष्टभित्र पसिसकेकी थिइन् ।

दोस्रो हाफको पाचौं मिनेटमा निर्मला उपाध्यायले डिबक्स बाहिरबाट गरेको सटिक प्रहार गोलमा परिणत हुनु बांकेको सौभाग्य बन्यो । दुई गोलले अगाडी भएपछि बांकेले मध्यभागमै खेल्न रुचायो भने मोरङले पुनरागमनका लागि सशक्त खेल्न सकेन । लगातार दुई हारपछि मोरङ बाहिरिएको छ ।

समूह एको अर्को टोली रौतहट र बांकेको तीन तीन अंक भएको छ । आगामी खेल आफ्नो पक्षमा पार्ने एक टीमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

IMG_0465

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय