‘अर्थले भात नखुवाउँदा’ पासपोर्ट वितरण प्रभावित

काठमाडौं, २७ असोज – बिहान सात बजेदेखि नै खटिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई खाना खुवाउन आवश्यक रकम अर्थ मन्त्रालयले निकासा नगरिदिएपछि राहदानी वितरण प्रभावित हुने भएको छ ।

राहदानी विभागमा करारमा कार्यरत ७४ मध्ये ३० कर्मचारी बिहान सात बजे नै कार्यालयमा आइपुग्ने गरेका छन् । त्यसवापत उनीहरुलाई भत्ता नदिई बिहानको खाना खुवाउने गरिएको थियो । तर माग गरेको २० लाख रुपैयाँ अर्थले दिन नमान्दा विभागले ती कर्मचारीलई सबेरै बोलाउन नसक्ने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । यसबाट राहदानी वितरणको समय नै प्रभावित हुने भएको छ ।

विभागले भने राहदानी वितरणबाट दैनिक झन्डै तीन करोड राजस्व उठाउँछ । बजेट नपाउँदा कात्तिकबाटै काउन्टर खुल्ने समय परिवर्तन गर्नुपर्ने अवस्था आएको विभागका एक उच्च अधिकारीले बताए । ‘उहाँहरु (कर्मचारी)लाई बिहान खाना खुवाउने गरेका थियौं । तर पटकपटक ताकेता गर्दा पनि रकम निकासा गर्न अर्थ नयार नभएपछि अब उहाँहरुलाई बोलाउन नसक्ने भएका छौं’ विभागका ती अधिकारीले भने, ‘उहाँहरु नआए काउन्टर १० बजे मात्र खोल्न विभाग बाध्य हुनेछ ।’

यसको प्रत्यक्ष असर सेवाग्राहीलाई पुग्नेछ । हाल विभागले सात बजे टोकन बाँडेर आठ बजेबाट काउन्टर खोल्ने गरेको छ । टोकन बाँड्ने कार्यालय सहायक, काउन्टरमा बस्ने कम्प्युटर अपरेटर र उनीहरुलाई बिहान ६ बजे घर–घर लिनपुग्ने सवारीचालकलाई विभागले खानाको व्यबस्था गरेको थियो । त्यसका लागि अघिल्लो आर्थिक बर्षमा अर्थ मन्त्रालयले विविध शिर्षक अन्तर्गत २४ लाख रुपैंया निकासा गरेको थियो । साउनयता विभागलाई दिएको चार लाख रुपैंया एक महिना अगाडी सकिएपछि राहदानी विभागले थप रकमको माग गरेको हो ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: