जनसम्पर्क समिति कतारले पाँचवटा पर्व एकैठाउँमा मनायो

मोहम्मद अजिज अलि, दोहा–नेपाली जनसम्पर्क समिति कतारले नेपालका राष्ट्रिय पर्बहरु बडा दशैँ, बक्र ईद, तिहार, छठ र नेपाल सम्बत ११३५ को अवसर पारेर दोहाको ईस्टवेस्ट रेस्टुरेन्टको सभाहलमा शुभकामना आदान प्रदान तथा सास्कृतिक मनोरंजन सहितको मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । ‘जनसम्पर्क समितिको चाहना, तोकिएकै समयमा संबिधानको कामना’ भन्ने नारा सहित सुरु गरिएकोqatar-janasampark1 कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति कतारका सभापति बिमल सुवेदीले गरेका थिए भने प्रमुख अतिथि संस्थापक सभापति नरेन्द्र भाट थिए । प्रमुख अतिथि भाटले सबै पर्वहरुले नेपाल र नेपालीहरुको मनोकांक्षा पुरा गरोस देशमा सबैलाई समेट्ने खालको संबिधान बनोस भन्दै एकआपसमा भाइचारा मजबुद बनाउने उदेस्य अनुरुप कार्यक्रम सफल भएको बताए । सभापति बिमल सुवेदीले अब बन्ने संबिधानमा बहु पहिचान सहितको संघियता र लोकतान्त्रिक संबिधान ग्यारेन्टि हुने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय