
भुवन केसी, कतार– अर्घाखाँची सेवा समाजले आगामी नोभेम्वर २८ तारिख(मंसिर १२ गते) दोहाको शालिमार होटलमा सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ । समाजको आज बसेको २३ औं नियमित बैठकले त्यस दिन प्रस्तुतीहरु, जनचेतना, शुभकामना र अन्र्तक्रिया सहितको भव्य सास्कृतिक तथा मिलन कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष युवराज पाण्डेले जानकारी दिए । कार्यक्रमलाई व्यवस्थितसम्पन्न गराउनको लागी सचिव केशव भुसालको संयोजकत्वमा कृष्ण शाह, ठाकुर परियार, केदारनाथ भुसाल, विष्णु कुवर, घनश्याम न्यौपाने तथा बामदेव भाट सम्मिलित कार्यक्रम आयोजक समिति पनि गठन गरिएको छ । बैठकमा अध्यक्ष पाण्डेले संस्थाले कतारमा जिल्लाबासीहरुलाई परेका समस्याहरुमा, दुर्घटनामा मृत्युभएकालाई राहत, कानुनी परार्मश, टिकट प्रदान तथा नेपालमा बाढीपीडितहरुलाई आर्थिक सहयोगका कार्यक्रमहरु गरेको बताए । साथै जिल्लामा एम्वुलेन्स आवश्यकतालाई मध्यनजर राख्दै संस्थाको महत्वपूर्ण कार्यक्रम एम्वुलेन्स सन्चालन अभियानमा केन्द्रित रहेको उनको भनाई छ । सस्थाका महासचिव केदारनाथ भुसालले आगामी कार्यका बारेमा जानकारी दिएका थिए । केन्द्रिय कार्य समितिमा रिक्त रहेको सचिवालय सदस्य र कार्य समिति सदस्यमा क्रमशः केन्द्रिय सदस्यमा घनश्याम न्यौपानेलाई र सचिवालय सदस्यमा नारायण रानालाई सर्वसम्मतले नियुक्त गरेको छ ।