युएईमा नेपाली पत्रकारलाई तालिम

त्रिलोचन कोइराला , युएई – नेपाल पत्रकार महासंघ युएइको आगामी अक्टुबर १७ तारिख हुने चौथो अधिबेशको सम्पूर्ण तयारी सकिएको युएई शाखाले बताएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्ट र उपाध्यक्ष खिलबहादुर भण्डारीको उपस्तिथिमा हुने चौथो अधिबेशन सफल बनाउन युएई शाखाले बिभिन्न समितिहरु बनाउदै कार्यविभाजन गरेर काम गरिरहेको थियो । शाखाको अक्टुबर १० तारिकमा अधिबेशन तयारीको अनुगमनका लागि बसेको बैठकमा गठित समितिहरुले आ–आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत गरेपछि अधिबेशनको तयारी पुरा भएको शाखा अध्यक्ष अर्जुन दाहालले बताएका छन् । शाखाले तिनkhilbahadur दिन सम्म बिभिन्न कार्यक्रम आयोजना गरेर चौथो अधिबेशन मनाउने भएको छ । अधिबेशन कार्यतालिका अनुसार अक्टुबर १५ तारिख केन्द्रिय प्रतिनिधि स्वागत सम्मान तथा परिचयात्मक कार्यक्रम, अक्टुबर १६ तारिख पत्रकारिता तालिम , अक्टुबर १७ तारिख शाखाको चौथो अधिबेशन तथा घोषणा सभा गरिने युएई शाखाले जनाएको छ । घोषणा सभामा शाखाको आयोजनामा बैदेशिक रोजगारिले नेपाली समाजमा पारेको अवसर तथा चुनौती बिषयमा अन्तर्क्रिया गरिने अध्यक्ष दाहालले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय