नेपाली श्रमिकका समस्या बिषयमा छलफल

कुमार कार्की, कतार– नेपाल सरकारका प्रतिनिधि र गैरआवासी नेपाली संघ एनआरएन कतारका प्रतिनिधिबिच नेपाली श्रमिकका समस्या समाधान गर्ने सम्बन्धमा छलफल भएको छ । छलफलमा नेपाली राजदुतावास कतारका कार्यवाहक राजदुत गणेश प्रसाद ढकाल, परराष्ट्र मन्त्रालयका उमाकान्त आचार्य, अर्थ मन्त्रालयका निर्मलहरी अधिकारी, सामान्य प्रशाशन मन्त्रालयका तिर्थ पौड्याल र श्रम मन्त्रालयका अम्विका अधिकारी लगायतको टोलीसँग एनआरएन राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मक्सुद आलम, प्रथम उपाध्यक्ष कुमार कार्की र कार्यबाहक महासचिव टिएन वरालले नेपाली राजदुतावासको भौतिक पुर्वाधार, जनशक्तिको अभाव, नेपाली श्रमिकका समस्या, दुतावासको सेल्टर हाउसको स्तरोन्नत्ति, नेपाल र कतारको द्धिपक्षिय कुटनितिक र व्यापारिक सम्वन्ध, एमआरपि पासपोर्ट नविकरणको समस्या समाधानमा अल्पकालिन र दिर्घकालिन समस्याका वारेमा कुराकानी गरेका थिए । छलफलका क्रममा नोपली श्रमिकका समस्या समाधान गर्न एनआरएन ईच्छुक रहेको बताएको कार्यवाहक राजदुत ढकालले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: