बियाग कप फुटवलमा ताप्लेजुङ र रौतहटको विजयी सुरुवात्

काठमाडौं, २६ असोज– रौतहटको चन्द्रनिगाहपुरमा अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा आयोजित यु—१७ बियाग कप फुटवलमा ताप्लेजुङ र आयोजक रौतहटले विजयी शुरुवात् गरेका छन् । अखिल नेपाल फुटवल संघ एन्फा र प्लान इन्टरनेशनलको आयोजनामा आइतबारदेखी जारी प्रतियोगिताको पहिलो दिन आयोजक रौतहटले मोरङलाई ३—१ गोलले हरायो भने ताप्लेजुङले मकवानपुरलाई ९—० गोलको फराकिलो अन्तरमा पराजित गर्यो । बालिकाको अधिकार प्रवद्र्धनका लागि विश्वव्यापी रुपमा सञ्चालिन किन भने म बालिका भएकीले अर्थात् ‘विकज आइ एम अ गर्ल’ अभियान अन्तर्गत आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रौतहटले मोरङलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेर घरेलु समर्थकलाई बालिका दिवसको उपहार दिएको थियो । बलिका अधिकार र उनीहरुमाथि सामाजिक विभेद अन्त्यको अपिल सहितका सन्देश प्रवाह गर्दै गरिएको व्यानरको चौघेरामा रौतहटले अलिसा जिम्बाको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो । कर्नर साइडबाट आएको बललाई उनले सहजै गोलमा परिणत गरेकी थिइन् । तर रौतहटबासीको खुशी धेरैबेर टिक्न सकेन । एक मिनेट भित्रै मोरंगकी सरु लिम्वुले गोल फर्काउँदै खेललाई बरावरीमा ल्याइन् । छरिती स्टाइकर सरुको गोलबाट खेलमा फर्किने प्रयास गरेपनि मोरङ सफल भएन । दोस्रो हाफको पहिलो मिनेटमा अन्जली योञ्जनले रौतहटलाई २—१ को स्थितिमा पुर्याइन् । रौतहटका १७ बर्ष मुनिका खेलाडी नियमित प्रशिक्षणको फाइदा उठाउंदै खेलमा हावी देखिन्थे । त्यहीक्रममा मिथिला कुसुवारले ६० औं मिनेटमा गोल थप्दै रौतहटको जित सुनिश्चित गरिन् । समूह एमा रहेको रौतहटले आगामी २९ गते बांकेसंग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोली सेमिफाइनलमा पुग्नेछ । शनिवार नै भएको दोस्रो खेलमा ताप्लेजुङले मकवानपुरलाई फराकिलो अन्तरमा हराउंदा दुई खेलाडीले ह्याटिक गरेका थिए । रौतहटले पहिलो हाफमै ५—० को अग्रता लिएको थियो । स्टाइकर कोपिला थलाङ र बिमला शेर्पाले ह्याट्रिक गर्दै टोलीको जित फराकिलो बनाएका हुन् । कोपिलाले १८, ६४, ६७ मिनेटमा तथा बिमलाले १६, २१, २७ मिनेटमा गोल गर्दै ह्याट्रीक पुरा गरिन् । थप एक एक गोल कप्तान अनिशा थेवे, सिर्जना श्रेष्ठ र ममता राईको नाममा रह्यो । मकवानपुरले गोलका लागि आकर्षक मूभ समेत बनाउन सकेन । समूह बीमा रहेको ताप्लेजुङले आगामी २७ गते कञ्चनपुरसंग प्रतिस्पर्धा गर्नेछ । biagg-3 यसअघि प्लान नेपालका कन्ट्रि डाइरेक्टर म्याथ्यु ब्राइनसनले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन गर्दै ब्राइनसनले बालिका दिवसका अवसरमा उनीहरुको क्षमता अभिवृद्धिका लागि सामूहिक पहलको माध्यमको रुपमा फुटवल आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा एन्फाका महासचिव धीरेन्द्र प्रधान, महिला फुटवलकी अध्यक्ष कल्पना पिया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । १२ जिल्लाको सहभागिता रहेको प्रतियोगिता कात्तिक २ गतेसम्म चल्नेछ । आइतवार समूह सीको सर्लाही र झापा तथा समूह डीको काठमाडौं र बारावीच प्रतिस्पर्धा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय