एनआरएन बिकासको साझेदार बन्नुपर्छ–प्रधानमन्त्रि

काठमाडौं, २५ असोज–प्रधानमन्त्री सुशिल कोइरालाले गैरआवासिय नेपालीलाई ढुक्कसँग नेपालमा लगानी गर्न आव्हान गरेका छन् । गैरआवासिय नेपाली दिवस ‘एनआरएन डे’ उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले अहिले लगानीका लागि बातावरण बन्दै गएकाले एनआरएनलाई लगानी गर्न आग्रह गरेका हुन् । अबको युग विकासको युग भएकाले एनआरएनहरु विकासको साझेदार बन्नुपर्ने बताउँदै उनले लगानीको मार्गमा समस्या भए सरकारले समाधान गर्ने बताए । मुलुक शान्ति, लोकतन्त्र, स्थायीत्वतर्फ अगाडी बढिरहेको तथा संविधान निर्माण हुने क्रम तिब्र रुपमा अगाडी बढीरहेकाले मुलुकमा अब विकास गर्नुपर्ने र यसमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने प्रधानमन्त्रि कोईरालाको भनाई थियो । गैरआवासिय नेपाली संघको एक दशक लामो अभियानमा नेपालमा विभिन्न क्षेत्रमा लगानी आइरहेकोले त्यो लगानी बढाउनुपर्ने र विदेशी लगानीलाई हौसला दिनुपर्ने उनले बताए । ‘सरकारले गैरआवासीय नेपालीको समस्या बुझ्दै गएको छ र सुविधा पनि दिदै गएको छ, त्यसैले तपाईहरु ढुक्क भएर लगानी ल्याउनुस’ उनले भने । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाओवादीका नेता डा.बाबुराम भट्टराईले संसारका विभिन्न देशमा रहेका गैरआवासिय नेपालीले आर्जित गरेको ज्ञान, सिपबाट नेपालमा राम्रो काम गर्नुपर्ने बताए । ‘विभिन्न मुलुकमा बसेर हामीले केहि न केहि सिकेका छौं, अब देश बनाउनुपर्छ ’ उनले भने ‘हामी एकदुई जना मात्र धनी भएर हुँदैन देश नै धनी भयो भने बल्ल गर्व गर्ने बेला आउँछ, त्यसैले सबै मिलेर देशको विकास गर्नुपर्छ ।’ कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले ‘एकपटकको नेपाली सधैको नेपाली’ का लागि ‘एकपटकको प्रतिबद्धता सधैको प्रतिबद्धता’ हुनुपर्ने बताए । हामी जहाँ भएपनि नेपाली हो तर विकासको प्रतिबद्धतामा हामी जहाँबाट भएपनि सहयोग पु¥याउनुपर्छ, उनको भनाई थियो । कार्यक्रममा एनआरएनएका अध्यक्ष शेष घलेले देशमा लगानीको वातावरण बनाउन आग्रह गरे । उनले भने ‘ देशमा राजनीतिक स्थिरता नदेख्दा नदेख्दै पनि हामीले लगानी ल्याईरहेका छौँ, यदि प्रशासनिक झण्झट नभएर राजनीतिक रुपमा स्थिर वातावरण भएमा लगानी गर्न हामी जस्ता धेरै ब्यक्तिहरु तयार रहेका छन् ।’ उनले अहिले भइरहेको लगानी पनि जोखिम मोलेर गरेको भन्दै नाफा कमाउन भन्दा पनि स्वदेश प्रतिको भावनाले लगानीहरु भइरहेको प्रष्ट पारेका थिए । भखैरे मात्रै गैरआवासीय नेपालीको लागि नागरिकता प्रदान गर्ने बारेमा भएको निर्णय प्रति स्वागत गर्दै अध्यक्ष घलेले संविधानसभाले अन्य नागरिक सरहकै नागरिकता प्रदान गर्नेमा बिश्वास ब्यक्त गरे । कार्यक्रममा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित, एनआरएनका प्रमुख संरक्षक रामप्रताप थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतो, निर्वमान अध्यक्ष जीवा लामिछाने, उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलगायतले एनआरएन अभियानका बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सगरमाथा हिमपहिरोमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई सहयोग रकम प्रदान गरिएको थियो । त्यस्तै संघको भवन निर्माणका लागि अमेरिकाको सियाटलमा संकलन भएको रकम आईसिस सदस्य ए सी शेर्पाले भवन निर्माण समितीलाई हस्तान्तरण गरेका थिए । यसै गरी एनआरएन घानाबाट अशक्त बालबालिकाको शिक्षाका लागि सहयोग प्रदान गरिएको थियो । त्यस्तै कपिलदेव थापाले शारिरिक अपांगता भएका ब्यक्तिहरुलाई ह्विल चियर वितरण गरेको प्रवक्ता मन केसीले जानकारी दिए । यसैगरि प्रधानमन्त्रि कोईरालाले संघका अध्यक्ष शेष घलेको लगानीमा बन्न लागेको सेराटन काठमाडौं होटलको शिलान्यास गरेका छन् । अष्ट्रेलियाको एमआइटी ग्रुप होल्डिङ्सको ८ अर्ब लगानीमा राजधानीको केशरमहलमा करिब १४ रोपनी क्षेत्रफलमा होटल निर्माण गर्न लागिएको हो । अध्यक्ष घलेले निर्माणका क्रममा करिब ५० हजारले प्रत्यक्ष रोजगारी पाउने बताउँदै होटल सञ्चालनपछि ४ सय ५० दक्ष जनशक्तिले रोजगारी पाउने जानकारी दिए । होटलको सन् २०१७ को अन्त्य सम्ममा निर्माण सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट सञ्चालन गर्ने लक्ष्य लिइएको व्यबस्थापन पक्षले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय