‘प्रधानमन्त्रिको अगाडी कट्टु लगाएको छैन’

काठमाडौं, २५ असोज- प्रधानमन्त्री सुशील कोइरालाकी जनसम्पर्क सल्लाहकार मृदुला कोइराले आफूले प्रधानमन्त्रीको अगाडि कट्टु लगाएर नउभिएको बताएकी छन् । नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा उनले भनेकि छन्, ‘मैले त्यतिबेला स्किन कलरको कट्राइज पाइन्ट लगाएकी थिएँ ।’ कोइरालाले आफूले प्रधानमन्त्रीको अपमान हुने गरी कुनै काम नगरेको समेत स्पटोक्ति दिएकी छन् । कोइरालाले भनेकी छन्, ‘देशका प्रधानमन्त्री र त्यत्रा अरु भिआइपी भएका ठाउँमा कट्टु लगाएर बस्न बहुलाही हुँ र ?’ कोइरालाले आफूसँग पनि ‘सेन्स’ भएको भन्दै पत्रकारिताको कुनै धर्म हुँदैन भनेर प्रश्नसमेत गरेकी छन् । आफूले उक्त फोटोको विषयमा उजुरी गर्ने र गलत प्रचार गर्नेमाथि कारबाही गर्ने विषयमा सोचे पनि नजिकका मान्छेले झनै प्रचार हुने भन्दै त्यसो नगर्न सुझाव दिएकाले आफू चुप बसेको बताएकी छन् । उनले आफू प्रधानमन्त्रीको सल्लाहकार बनेपछि प्रधानमन्त्री कोइरालाको ड्रेसअपमा परिवर्तन गरेको दावी पनि गरेकी छन् । ‘हामी महिलाहरु यस्ता कुरामा बढि कन्सियस हुन्छौं,’ उनले भनेकी छन्, ‘मैले उहाँलाई यो लुगा मैलो, दारी बढेको सबै कुरामा ध्यान दिएर सल्लाह दिन्छु ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय